११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘प्रचण्डबाहेक अर्को विकल्प छैन, विश्वासको मत दिनुस्: केपी शर्मा ओली

‘प्रचण्डबाहेक अर्को विकल्प छैन, विश्वासको मत दिनुस्: केपी शर्मा ओली
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई निर्देशन दिनु भएको छ ।

आज पार्टी संसदीय दलको बैठकमा ओलीले प्रधानमन्त्रीले विश्वासको मत नपाएमा अल्पमतको अर्को सरकार बन्ने भन्दै आफ्ना सांसदहरुलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो ‘प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको प्रस्ताव असफल भयो भने संयुक्त सरकारको च्याप्टर क्लोज हुने र सबैभन्दा ठूलो दलको पार्टीको नेताको हिसाबले प्रधानमन्त्री नियुक्त हुने अवस्था आउछ । कुनै हालतमा पनि संविधानको धार ७६ (३) को सकार बन्ने वातावरण बन्न दिन हुदैन ।’

ओलीले कांग्रेस सरकारमात्रै देख्ने र अरु केही थाहा नपाउने पार्टी भएको भन्दै दिल खोलेर विना हिचकिचावट, मनमा कहिँकतै रिस नराखी विश्वासको मत दिन उनले निर्देशन दिनुभयो ।

अहिलेको अप्सन प्रचण्डलाई विश्वासको मत दिने र संविधानको धारा ७६ (३) अनुसार अल्पमतको सरकार बन्ने अबस्था रहेका कारण अल्पमतको सरकार बनेको खण्डमा देश झनै संकटतर्फ जाने हुदा विश्वासको मत दिनु पर्ने उहाँले बताउनु भयो

‘भोलि विश्वासको मत लिँदा प्रधानमन्त्रीमाथि विश्वासको मत छ भनेर हामीले भन्नुपर्ने छ । पहिले–पहिलेका कुराहरुमा प्रधानमन्त्रीले गल्ती पनि गरेको हुनसक्छ । उहिलेका कुरा । अहिले प्रधानमन्त्रीले एकदम राम्रो काम गर्नुभयो । अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन उहाँले पहल कदमी लिनुभयो,’– ओलीले भन्नुभयो । कांग्रेससँगको गठबन्धनमा रहँदा पनि एक डेढ वर्षसम्म पद कुनै अप्ठ्यारोमा नरहेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले देश अप्ठ्यारोमा परेको अनुभूति गरेर फरक ढंगले कदम चालेको उहाँको बुझाइ छ ।

अध्यक्ष ओलीले पार्टीबाट सहभागी मन्त्री र सांसदहरुलाई सरकारको आलोचनामा र सरकारको विरोधमा नबोल्न निर्देशन दिनुभयो । ‘सरकारको आलोचनामा बोल्ने होईन । सरकारको आलोचनामा बोल्नुपर्यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । किनभने नबुझिकन कहिले–कहिले देख्दा एकचिज देखिन्छ तर अर्कै हुन्छ,’– उहाँले भन्नुभयो ।