१४ श्रावण २०८३, बिहीबार
,
Latest
संसदमा प्रचण्डको सम्बोधन सुरु सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको… बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा काँग्रेस लाग्दैनः महामन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस अब घर घरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताउनु भयो । उहाँले काँग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुर्याउनेतर्फ नलाग्ने बताउनु भयो । उहाँले काँग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रुपमा उत्रिने बताउनु भयो ।

उहाँले धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने भएकाले काँग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पार्नुभयो । उहाँले काँग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरुको भुमिका मन्त्रीको रुपमा चित्त बुझ्दो नभएको कुरा काँग्रेस आफैँले भनेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्नुको सटट हतार गरेर नयाँ गठबन्धन बनाएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सभापतिज्युलाई भनेका छौँ । अहिले केही समय पर्खनुस् । यो गठबन्धन जे बनेको छ, यो गठबन्धनले काम गर्ने अवसर पाओस् । हामीमाथि जे अभियोगहरु भनियो, हाम्रा मन्त्रीज्युहरुले काम गरेनन् भनने अभियोग छ, मैले प्रश्तुत गरेको प्रतिवेदनमा पनि काँग्रेसका कतिपय काँग्रेसबाट मन्त्री बनेकाहरुको भुमिका प्रभावकारी छ र कतिपयको छैन नै भनेको थिएँ । तर कुन मन्त्रीको के भुमिका चित्त बुझ्दो भयो, कुन मन्त्रीलाई बिदाई गर्न जरुरी छ, कुन मन्त्रीलाई राख्ने भन्नेकुरामा एउटा मन्त्रीले शपथग्रहण गरेपछि एक वर्षको समय पनि नपाउने ? काँग्रेसको कुन मन्त्रीजीको एक वर्ष पुगेको थियो । काँग्रेसको एक वर्ष पुगेको थिएन । प्रधानमन्त्रीको त एक वर्ष पुगिसकेको अवस्था थियो ।

हामी के चाहिरहेका थियौँ भने कम्तीमा मन्त्रीहरुको पनि समीक्षा गरेर एउटा निश्चित समयमा विकल्प गर्न सकिन्छ भनेको थियौँ । तर प्रधानमन्त्रीज्युले त्यसमा हतारो गर्नुभयो । काँग्रेसतिर फर्किएर भन्दा तपाईहरुले पनि हे काँग्रेस अहिले जनताको चाहना र भावना बमोजिम जनताका मुद्दा लिएर संसदमा खरो रुपमा उभ । शिक्षा विधेयक कसैले पास गर्दैनौँ भन्छ भने पर्खाल भएर उभिएउ ।

प्रतिपक्षको खरो भुमिका भएर उभ । कसको कसको घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दाको क्रममा काँग्रेस नलागोस् भन्नेकुरा भन्नुपर्छ । कसको घरमा देउसी खेल्न गएको, विभिन्न दलहरुसँग गएको कुरा आउँछ । धार्नी पु¥याउनेतर्फ लागौँ भन्ने पनि आउँछ । धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुन्छ, त्यसका लागि अहिले हतार गर्न जरुरी छैन ।’

महामन्त्री शर्माले चालु अधिवेशनमार्फत विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताउनु भयो ।