११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही होइन: ओली

मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही होइन: ओली
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही नभएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उहाँले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिनुभएको हो । मोतीदेवी स्मृति केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो ? भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले ३३ प्रतिशत महिलाहरु संसद र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेश गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको तर्क गर्नुभयो । ओलीले जनताको अवस्थालाई पूर्ण रुपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी पनि आफूहरुको काँधमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा अलि चर्चा चल्ने गरेको छ कि व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने कुरा होइन । त्यस्तो हल्ला चल्ने गरेको छ । तर, अवस्थामा परिवर्तन आएको छ । अलि वर्ष अघिसम्म के थियो अवस्था ? अगाडि बढेको बहिनीहरु उहाँहरु मन्त्री भईसक्नु भएको छ । माननीय भइसक्नु भएको छ । नेता भइसक्नुभएको छ । पहिले पनि त्यस्तै थियो र समय ? व्यवस्था परिवर्तन भयो, अरुथोक केही भएन ? आज ४० प्रतिशत महिलाहरु सम्पूर्ण जनप्रतिनिधिमा ४० प्रतिशत महिलाहरु जनप्रतिनिधि छन् विभिन्न ठाउँहरुमा । यसमा अनेमसंघको अग्रणी भुमिका छ । महिला दिदीबहिनीहरुको भुमिका छ । ३३ प्रतिशत सरकारी क्षेत्रमा व्यापक कार्यान्वयन गरिएको छ । संसदमा कार्यान्वयन गरिएको छ । अरु ठाउँहरुमा, जागिरहरुमा आरक्षण गरिएको छ । यसमा कतिपय कुराहरु झन्डै झन्डै ३३ प्रतिशत महिलाहरु भनेपछि ठयाक्कै त्यसैमा रोकिदिने खालको बनेको छ । अहिलेनै पनि हामीले संसदमा ३० प्रतिशत भनेपछि ३० प्रतिशत भनेपछि अर्कोको कतिकति प्रतिशत भनेर जानुपर्ने र त्यसबाट भयो भने त ठिकै छ । तर त्यहाँ महिलाको छुट्टै छ । समानुपातिकमा पनि आरक्षण गर्दा यसमा महिला, पुरुष भनेर तोकितोकि गरिएको छ । जसले गर्दा कम्तिमा यति महिला भन्दा हुन्थ्यो, ठयाक्कै त्यति भन्दा त्यो भन्दा बढि बढाउने ठाउँ हुँदैन । त्यस्तो खालको बनेको छ । यो हामीले गरेको कुरा होइन, यसलाई सच्याउनु पर्छ । न्युनतम ३३ प्रतिशत । अव सामान्यतया सशक्तिकरणको बाटोबाट यसलाई बढाउँदै लगेर बराबरी पुर्‍याउने बाटोमा जानुपर्छ । अवस्था परिवर्तन भएको छ । अवस्था फेरिएको छ । अवस्था पहिले भन्दा तुलना नै गर्न नसक्ने गरी राम्रो भएको छ । यसलाई अझ पूर्ण रुपमा राम्रो अवस्थामा पुर्‍याउने हाम्रो अगाडि जिम्मेवारी छ । र म हाम्रो पार्टीको तर्फबाट पनि भन्न चाहन्छु कि हाम्रो पार्टी यस आन्दोलनमा अग्रणी स्थानमा रहेको छ । संविधान निर्माणमा, कानुन निर्माणमा, अग्रणी स्थानमा रहेको छ । महिला सशक्तिकरणका लागि, जागरणका लागि, महिलाको हिस्सेदारीका लागि, महिला आरक्षणका लागि, सबै कुरामा हाम्रो पार्टी अग्रभागमा रहेको छ । त्यसअर्थ म फेरि पनि भन्न चाहन्छु–यो सामाजिक न्याय र समानताको आन्दोलनमा मेरो पार्टी नेकपा एमाले यो सदैव अग्रस्थानमा नै रहनेछ । ’

अध्यक्ष ओलीले महिलाहरुलाई सशक्तिकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने समेत बताउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिर-रासस