५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसामा यूएई जान लागेका तीन महिलालाई विमानस्थलबाट फर्काईयो



फाईल फोटो
अ+ अ-

काठमाडौं । अध्यागमन कार्यालयले भिजिट भिसामा यूएई जान लागेको अवस्थामा तीन महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको छ ।

बिहीबार राति साढे १० बजे हिमालय एयरलाइन्सबाट दूबई जान लागेका उनीहरुलाई सोधपुछको क्रममा शंकास्पद देखिएपछि फर्काईएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले जानकारी दिए ।

शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि प्रहरीले एजेन्ट भबिलाल थापालाई पनि नियन्त्रणमा लिएको छ । थापालाई थप अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएको छ ।