१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

धान फल्ने खेत मासेर व्यावसायिक केराखेती

धान फल्ने खेत मासेर व्यावसायिक केराखेती
file photo
अ अ+ अ-

फिक्कल । व्यावसायिक केराखेती गर्दै आउनुभएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोप्नुभएको छ । उहाँको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाउनुभयो ।

“मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ”, उहाँले भन्नुभयो, “प्रतिघरी रु सात सय ५० सम्ममा घरैबाट बिक्ने गरेको छ, धान खेतीभन्दा तेब्बर बढी आम्दानी हुँदोरहेछ ।” रोपेको नौ महिनादेखि एक वर्षमा पहिलो उत्पादन लिन सकिने भएकाले व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी लिन सकिने अनुभव उहाँले बताउनुभयो ।

माई–९ बोरुङका किसान कृष्ण येक्तेनले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक केरा लगाउनुभएको छ । राम्रै धान उत्पादन हुने करिब १० रोपनी जग्गामा उहाँले पाँच सय बोट केरा लगाउनुभएको छ । थोरै लगानी र कम मेहनतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले केराखेती सुरु गरेको उहाँले बताउनुभयो ।

“अन्य खेतीजस्तो धेरै मेहनत र लगानीसमेत नपर्ने भएकाले व्यावसायिक तवरले केराखेती सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “बिक्री नहुने हो की भन्ने कुनै समस्या हुँदैन, व्यापारी घरघरमा नै आउँछन्, प्रतिघरी रु पाँच सयदेखि सात सय ५० सम्म बगानबाटै बिक्री हुने गर्दछ ।” केरी खेतीबाट वार्षिक रु एक लाख ५० आम्दानी गर्ने गरेको सुनाउँदै उहाँले यस वर्ष खेती विस्तार गर्ने योजना रहेको सुनाउनुभयो ।

व्यावसायिक केरा खेती सुरु गरेपछि घर व्यवहार चलाउन नगद जुटाउनसमेत सहज भएको अर्की किसान कर्णकुमारी साउनदेनले बताउनुभयो । “मैले पाँच रोपनी जग्गामा दुई सय बोट केरा रोपेको छु, केहीले आम्दानीसमेत दिन थालेको छ”, उहाँले भन्नुभयो, “मैले एक वर्षमा रु ७५ हजारभन्दा धेरैको आम्दानी गरेको छु, यसले घरव्यवहार चलाउनसमेत सहज भएको छ ।”

टुपेन्द्र, कृष्ण र कर्णकुमारी मात्र होइन, त्यहाँका करिब ७० घर किसानले व्यावसायिक रुपमा केरा खेती गर्दै आएका छन् । कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि जिल्लाको दक्षिणी क्षेत्रका किसान व्यावसायिक केराखेतीमा आकर्षित भएका छन् । बाँझो रहेका जग्गा सदुपयोग गर्दै किसानले व्यावसायिक रुपमा केराखेती सुरु गरेका हुन् । उनीहरूले व्यावसायिक रुपमा केराखेती गरी लाखौँ आम्दानी लिइरहेका छन् ।

जिल्लाको माई नगरपालिकाका दानाबारी, महमाई, चिसापानी, माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, चुलाचुली गाउँपालिकाका तोरबारी साकफारालगायतका किसानले केराको व्यावसायिक खेती गर्दै आएका छन् । उनीहरूले खेतीयोग्य जमिन मासेरसमेत व्यावसायिक केराखेती गर्दै आएका हुन् । यहाँका किसानले चिनीचम्पा, काबेली, झाजी, भण्डारी, झपरीलगायतका अन्य स्थानीय जातका केरा खेती गर्दै आएका छन् ।

किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजैरुपमा बिक्री गर्न पाउँछन् । घरघरमा गएर व्यापारीले केरा किन्ने गरेका छन् । बगानकै मोलतोल गरेर व्यापारीले किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पुर्‍याउने झन्झटसमेत छैन । यातायातको सुविधा विस्तार भएसँगै किसानले केराको मूल्यसमेत राम्रै पाएका छन् । त्यस क्षेत्रका किसानले उत्पादन गरेको केरा स्थानीय व्यापारीमार्फत झापाको विर्तामोड, दमक, धरान, विराटनगरका साथै मुख्य सहर काठमाडौँसम्म पुग्ने गरेको छ । रासस