११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

महाशिवरात्री पर्व: पशुपति क्षेत्रमा यसरी हुदैछ ट्राफिक व्यवस्थापन

महाशिवरात्री पर्व: पशुपति क्षेत्रमा यसरी हुदैछ ट्राफिक व्यवस्थापन
अ अ+ अ-

काठमाडौँ । महाशिवरात्री पर्वको अवसरमा गौशालास्थित पवित्र पाशुपत क्षेत्रमा आज राती देखिनै दर्शनार्थीहरूको भिडभाड हुने भएकाले आवश्यकता अनुसार सवारी  साधनलाई  डाइभर्सन गरिने भएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानो-बानेश्‍वर,  ज्ञानेश्‍वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाइभर्सन गरिने छ ।

त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चाबहिल, सिनामंगल पुल र बसुन्धाराबाटै डाइभर्सन गरिने भएको छ  । गौशाला क्षेत्रमा शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न सम्पुर्ण चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले अनुरोध समेत गर्नुभयो ।

आवश्यकता अनुसार डाइभर्सन गरिने स्थानहरु:–

चाबहिलबाट गौशालातर्फ ।आवश्यकता अनुसार डाइभर्सन गरिने स्थानहरु:–
 पुरानो बानेश्‍वरबाट गौशालातर्फ । 
 ज्ञानेश्‍वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
 द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग । 
सिफल चौरबाट जय बागेश्वरीतर्फ ।
 लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
 गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ । 
 तिलगंगाबाट गौशालातर्फ । 
मालवाहक सवारी साधनहरू तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ । 
 जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरू गौरीघाटतर्फ ।
सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग । 
जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ ।

तर मालवाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरूका निजी सवारी साधनहरूलाई ट्राफिक चाप र अवस्था हेरी व्यवस्थापन र डाइभर्सन गरिने छ ।

मालवाहक सवारी साधनलाई गरिने डाइभर्सन

कोटेश्वर, तीनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरू जडीबुटी, काँडाघारी हुँदै बौद्धतर्फ सञ्चालन हुने,
 कोटेश्वर तीनकुने हुदैं पशुपति वरपर तर्फ जाने मालवाहक सवारी साधनहरू तीनकुने आसपास व्यवस्थापन गरिने ।
महाराजगन्ज, चाबहिल हुदैं पशुपति वरपर जाने मालवाहक सवारी साधनहरू धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
कोटेश्‍वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडीबुटी, पेप्सीकोला, गोठाटार पुल  हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

पार्किङको व्यवस्थापन गरिएका स्थानहरूपार्किङको व्यवस्थापन गरिएका स्थानहरू

 सिफल चौर (दर्शानार्थीहरुको)
 कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू)
 भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरू)
 तिलगंगाको खाली स्थान र करिडोरमा (तीर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरू)
वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरू, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरू)
 गुह्येश्वरी पारी (तीर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरू)

जनशक्ति परिचालन

 महाशिवरात्रि मेलाको ट्राफिक व्यवस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ ।
प्वाइन्ट ड्युटी, पार्किङ ड्युटी, डाइभर्सन ड्युटी लगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिने छ ।
 यस बाहेक विशिष्ट व्यक्तिहरूको भ्रमण व्यवस्थापन र अन्य स्थानहरूको नियमित गरिने ट्राफिक व्यवस्थापनमा समेत थप जनशक्ति परिचालन गरिने छ ।