१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते

शिवलिङ्गमा किन जल र दूध चढाइन्छ ?

शिवलिङ्गमा किन जल र दूध चढाइन्छ ?
अ अ+ अ-

शुक्रबार महाशिवरात्रि पर्व मनाईदैछ । पौराणिक र धार्मिक मान्यताहरुका अनुसार तीन कारणहरुले महाशिवरात्री पर्व मनाइन्छ ।

भगवान शिव र पार्वतीको विवाह फागुन मास कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो । यो तिथिमा भगवान शिव र पार्वतीको महामिलनको रुपमा पनि मनाइन्छ । महाशिवरात्रीको दिन शिव–पार्वतीको विवाह हुनाले यसको महत्व धेरै रहेको छ ।

यस्तै, महाशिवरात्री कै दिन भगवान शिवले आफ्नो शिवलिङ्ग स्वरुपमा प्रकट भएका थिए । यही कारणले महाशिवरात्रीको दिन विशेष प्रकारले शिव लिङ्गको पूजा आरधना गर्ने विधान रहेको छ । त्यसैगरी त्यहि दिन समुद्र मन्थनबाट निस्किएको विष पिएर भगवान शिवले यो सृष्टिलाई संकटबाट बचाएका पनि पौराणिक मान्यता छ ।

शिवलिङ्गको जलाभिषेक गरेर पुजाअर्चना गर्न राम्ररो मानिन्छ । विशेषगरी भगवान शिवलाई पानी, दूध, दही, घिउ जस्ता शीतल वस्तु चढाउने चलन छ ।

शिवलिङ्गलाई किन चढाइन्छ जल र दूध ?

प्राचीन कालमा देवता र दानव मिलेर समुद्र मन्थन गर्थे । समुन्द्र मन्थनमा कौस्तुभमणि, कल्पवृक्ष, ऐरावत हात्ती, उच्चश्रेव घोडा, महालक्ष्मी, धन्वंतरी, अमृत कलश जस्ता १४ रत्न निस्किए तर सबै रत्नभन्दा अगाडि हलाहल नामको विष निस्कियो ।

हलाहल विषका कारण संसारका सबै प्राणीको जीवन खतरामा परेको थियो । भगवान शिवले सबै जीवित प्राणीहरूलाई बचाउनको लागि यो विष पिएका थिए। भगवान शिवले विषलाई आफ्नो घाँटीमा राखेका थिए । घाँटीमा विषको रहेको कारण भगवान शिवको घाँटी नीलो भयो । नीलो घाँटी भएकै कारण भगवानको एउटा नाम नीलकण्ठ पनि हो ।

विषको कारणले भगवान शिवको शरीरमा जलन हुन थालेपछि यसलाई शान्त पार्न जल, दूध, दही पिलाईएकोे थियो । त्यसैले शिवलाई शीतलता प्रदान गर्न शिवलिङ्गमा जल, दूध, दही, घिउ जस्ता शीतल पदार्थ चढाउने चलन छ । साथै, शीतलताका लागि भगवान शिवले आफ्नो शिरमा चन्द्रमा धारण गरेका छन् ।

पानी र दूध चढाउँदा यी कुरामा ध्यान दिनुहोस्:

शिवलिंगलाई जल चढाउदा सुन, चाँदी, पीतल वा तामाको भाँडोबाट चढाउनुपर्छ। दूधको लागि चाँदीका भाँडाहरू प्रयोग गर्नु राम्रो हुन्छ। यदि तपाईंसँग चाँदीको भाँडो छैन भने, तपाईं माटोको भाँडोबाट पानी र दूध चढाउन सक्नुहुन्छ। स्टिल, आल्मुनियम वा फलामका भाँडाहरू प्रयोग नगर्दा राम्रो मानिन्छ । जल र दूध चढाउँदा ओम नम: शिवाय मन्त्रको जप गरिरहनुपर्छ।

यसरी गर्न सकिन्छ भगवान शिवको पूजा:

सबैभन्दा पहिले गणेशको पूजा गर्नुहोस्। गणेश पूजापछि तामा, चाँदी वा सुनको भाँडोबाट शिवलिंगमा जल चढाउनुहोस्। जल अर्पण गर्दा भगवान शिवको मन्त्र जप गर्नुहोस्। शिवलिंगमा जलसँगै दूध, दही र मह पनि चढाउनुपर्छ। अभिषेक गरेपछि शिवलिङ्गमा बेलपत्र, धतुरा, दत्तिका फूल आदि वस्तु चढाउनुहोस् । अन्तिममा धूप बालेर आरती गर्नुहोस् ।