११ असार २०८३, बिहीबार
,
Latest
लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् सचिवालयका २१ कर्मचारीमा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौँ । संघीय संसद् सचिवालयका २१ जना कर्मचारीहरुलाई कोरोना संक्रमण भएको छ । 

१७६ जना कर्मचारीको एन्टिजेन परीक्षण गर्दा २१ जनामा कोरोना पोजेटिभ पाइएको हो ।

यस्तै, १६ जना सांसदको एन्टिजेन परीक्षण गर्दा ५ जनामा पोजेटिभ देखिएको र राष्ट्रिय सभाका ८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको सचिवालयले जनाएको छ । 

हाल बानेश्वरस्थित संघीय संसद्‌ भवनमा एन्टिजेन परीक्षण भइरहेको छ ।

राष्ट्रिय सभाको बैठक बस्नुअघि स्वास्थ्य परीक्षण गरिएको थियो । सोमबार दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

आइतबार दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक यसअघि शनिबार नै सूचना टाँस गरी सचिवालयले माघ २६ गते दिउँसो १ बजे बस्‍ने गरी बैठक स्थगित गरेको छ ।