११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

आमनागरिकले महशुस गर्न सक्नेगरी काम गर्न गृह मन्त्रालय रोजेको हुँ: नवनियुक्त उपप्रधानमन्त्री लामिछाने

आमनागरिकले महशुस गर्न सक्नेगरी काम गर्न गृह मन्त्रालय रोजेको हुँ: नवनियुक्त उपप्रधानमन्त्री लामिछाने
अ अ+ अ-

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आम नागरिकले महशुस गर्न सक्ने गरी काम गर्न आफूले गृह मन्त्रालय रोज्नुपरेको बताउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेलगत्तै बुधवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले शुरुमै गृह मन्त्रालय रोज्नुको कारणबारे स्पष्ट पार्नुभएको हो ।

उपप्रधानमन्त्री लामिछानेले विगतका मन्त्रीहरुको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभई फरक किसिमले आम नागरिकले महशुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्माविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार लिएको बताउनु भयो ।

उहाँले त्यस अवसरमा आफ्नो कुनैपनि दबाब र प्रभावमा नपरी कानूनी राज्यको स्थापनाका लागि काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । उपप्रधानमन्त्री लामिछानेले कानूनी राज्य स्थापना गर्ने शिलशिलामा कुनैपनि राजनीतिक प्रभावमा नपरी काम गर्न पनि सम्बन्धित निकायलाई सचेत गराउनु भयो । उहाँले आफ्नो नभई आम नागरिकको सुरक्षाका चिन्तित हुन पनि सुरक्षा निकायका सबै अधिकारीहरुलाई अपिल गर्नुभयो ।

उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो, ‘यो गृह मन्त्रालय विशेष गरेर कहिले पनि सुत्न नपाउने चौविसै घण्टा नागरिकका समस्याहरुमा चनाखो हुनुपर्ने, मुलुकको सुरक्षाकाकयौं विषयहरुमा चनाखो हुनुपर्ने जिम्मेवारी भएको यहाँहरु सबैलाई विदितै छ । तपाईहरुले यो मंचमा धेरै जना मन्त्रीहरुलाई स्वागत गरीसक्नुभएको छ । पहिलाका मन्त्रीज्यूहरुले आफना कुरा राखिसक्नुभएको छ । त्यसैको एउटा निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेका चाहीँ होइन । जे चलिरहेको छ, त्यो चलिरहनु भन्दा अलि फरक किसिमले आम नागरिकले महशुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्माविश्वासका साथ यो चुनौतिका लागि हामी यहाँ उपस्थित भएको हौ, आएका हौं । यसैकारण यो जिम्मेवारी लिने निधो गरेको हुँ । आपसी सहयोग, आपसी सहकार्यमा हामी राष्ट्रका सामू देखिएका चुनौतिहरुलाई सामना गर्न सक्षम हुन्छौं भन्ने कुरामा म पूर्ण रुपमा विश्वस्त छु । यस अगाडि पनि यस मन्त्रालयमा आउने, यहाँ केही समय काम गर्ने सुवर्ण अवसर मलाई प्राप्त हुँदा त्यतिखेर काम गर्न भएको कयौं सहकर्मी साथीहरुलाई अझै पनि देखिरहेको छु । कोही अरु जिम्मेवारीमा पनि जानुभएको छ होला । त्यतिखेर पनि मैले एउटै कुरा भएका थिए कि कानूनी राज्यको स्थापना गर्नका लागि हामीले भूमिका निर्वाह गर्दा कसैको आदेश कुर्नपर्दैन । कानूनका पालना गर्ने हाम्रो जिम्मेवारी हो । कुनैपनि राजनीतिक दलको होस, कुनैपनि अन्य प्रभावशाली संस्थाहरुको कसैको पनि इलिगल अर्डसलाई गृह मन्त्रालयले टेर्दैन भन्ने कुराको स्पष्ट मासेज यस पटक दिनुपर्नेछ । मेरो स्पष्ट निर्देशन यहाँहरुलाई यही नै हो कि कानूनले जे भन्छ, त्यही हुन्छ । अपराधको अनुसन्धानमा काहीकर्त कसैमाथि शक्तिको दुरुपयोग गरेर गलत क्रियाकलाप हुन नदिने र कसैले गलत गरेको छ भने त्यसका लागि कसैको अनुमति लिन नपर्ने र नागरिकले देशमा शान्ति सुरक्षा छ भन्ने कुराको महशुस गर्न पाउने वातावरणको सृजना गर्ने एउटा महत्वपूर्ण जिम्मेवारी हामी सबैको छ । मेरो तर्फबाट यो जिम्मेवारी पूरा गर्दाखेरी कुनै पनि किसिमको दवाव र प्रभाव तपाईहरुलाई हुनेछैन । यो कुराको सुनिश्चितता तपाईहरुलाई गराउन चाहन्छु । आम नागरिकले बाटोमा उभिएको युनिफर्ममा उभिएको हाम्रो प्रहरी अधिकारीले उसलाई देख्ने वित्तिकै महशुस गरोस् म सुरक्षित छु । शान्ति सुरक्षाको प्रत्याभुति हामीले दिनुपर्ने कुरा, म यहाँ मेरो सुरक्षामा चिन्तित छैन । बाटोमा हिँडेको त्यो नागरिक, काम गर्दै गरेको सामान्य मान्छे, उनीहरुको सुरक्षामा बढि चिन्तित हुन पनि म अपिल गर्न चाहन्छु ।’

यस अघि उहाँलाई मन्त्रालयका सचिव भट्टराईसहितका उच्च अधिकारीहरुले मन्त्रालयमा स्वागत गर्नुभएको थियो । —न्युज एजेन्सी नेपाल

तस्बिर : विमलबहादुर बिष्ट / रासस