१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते

पर्यटकीय गन्तव्य बन्दै थामचौर

पर्यटकीय गन्तव्य बन्दै थामचौर
अ अ+ अ-

ढोरपाटन । बागलुङको बडिगाड गाउँपालिका–७ थामचौर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको यस क्षेत्रको विकासका लागि गाउँपालिकाले निरन्तर लगानी गर्दै आएको छ ।

पछिल्लो समय घुम्ने संस्कृति बढेसँगै थामचौर क्षेत्रमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । उच्च पहाडी क्षेत्रमा रहेको थामचौरमा स्वच्छ हावापानी, मनोरम वातावरण र यहाँबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटक पुग्ने गरेका हुन् ।

गाउँपालिकाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारलाई तीव्रता दिएपछि पर्यटकको सङ्ख्या बढ्न थालेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो ।

थामचौरमा पालिकाले मन्दिर र शौचालय निर्माण गरेको भन्दै खानेपानी व्यवस्थापन र वनभोज स्थल ९पिकनिक० बनाउन थालिएको उहाँले बताउनुभयो । पहिले पैदल यात्रामार्फत पुग्ने पर्यटक हिजोआज मोटरगाडीमा सहजै पुग्न सक्ने उहाँको भनाइ छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने भिमगिठे बजारदेखि १३ किलोमिटर उत्तरपट्टी रहेको थामचौरको विकासका लागि हालसम्म करिब रू ४० लाख बढी लगानी भइसकेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । मोटरबाटोले जोडिएपछि पछिल्लो समय बस र ट्याक्सीसमेत यहाँ पुग्न थालेका उहाँको भनाइ छ ।

अध्यक्ष अधिकारीले भिमगिठे बजारबाटबाट गाडीमा ४० मिनेट लाग्ने हुँदा बिदाको समय र विभिन्न चाडपर्वमा बाहिरी जिल्लाबाट समेत पर्यटक आउने गरेका बताउनुभयो । आगन्तुकको सहजताका लागि ठाउँठाउँमा बस्ने चौताराको व्यवस्थापन तथा वन्यजन्तुका लागि वरपर पोखरीसमेत निर्माण भएको उहाँले जानकारी दिनुभयो ।

“थामचौर बडिगाड गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्र हो, यसको विकासका लागि हामीहरु निरन्तर लागि रहेका छौँ । हरेक वर्ष बजेट व्यवस्थापन गरेर पर्यटकीय संरचना बनाउने र प्रचारप्रसारलाई तीव्रता दिएका छौँ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “यहाँ धेरै मानिस वनभोजका लागि आउने हुँदा खानेपानीको समस्या छ, यसको समाधानका लागि अहिले काम भइरहेको छ ।” वनभोजका लागि छुट्टै स्थल बनाउने योजना रहेको भन्दै उहाँले सडक पूर्वाधारको विस्तार भएकाले पर्यटकको सङ्ख्यामा थप वृद्धि हुने बताउनुभयो । चालू आर्थिक वर्षमा पालिकाले सडक विस्तारका लागि रू २० लाख विनियोजन गरेको छ ।

बडिगाड–७ का पूर्ववडाध्यक्ष कृष्ण गुरुङले पिकनिकको सिजनमा बागलुङसहित अन्य जिल्लाबाट आउनेको भिड हुने बताउनुभयो । खास गरी नयाँ वर्ष, होली पर्व (पूर्णिमा) का बेला पर्यटकले थामचौर भरिभराउ हुने उहाँको भनाइ छ ।

यहाँबाट बागलुङको विभिन्न स्थानसहित गुल्मीको रेसुङ्गा, तम्घास बजार, प्यूठान लगायतका ठाउँ एकै पटक देख्न सकिने गुरुङले बताउनुभयो । धौलागिरीसहित दर्जन हिमाल नजिकैबाट अवलोकन गर्न सकिने हुँदा धेरै पर्यटक आकर्षित हुँदै गएको उहाँको भनाइ छ ।

“थामचौरमा पालिकाबाट निरन्तर लगानी भएको छ । यसअघि यहाँ सडकको समस्या भएपछि अहिले सडक स्तरोन्नति भएको छ । सडक व्यवस्थित भएपछि पर्यटक बढेका छन्”, गुरुङले भन्नुभयो, “अग्लो स्थानमा यति सुन्दर ठाउँ छ, जहाँ पुग्यो भने धेरै पर्यटक लोभिन्छन् । केही वर्ष यता पूर्वधार थपिने क्रममा छन् । अहिले बिदा तथा विभिन्न पर्वमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।” रासस