१० मंसिर २०८१, सोमबार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैनः माधव नेपाल सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक, पुस ५ गते नेपाल र भारतमा रिलिज हुने बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमाः राष्ट्रसङ्घ राखेप बोर्ड बैठकका लागि खेलकुदमन्त्री तयार, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको टुङ्गो लाग्ने राजनीतिक अस्थिरताका कारण निर्माण क्षेत्रका व्यवसायी मारमाः महासचिव पोखरेल स्वास्थ्य प्रणालीमा विश्वास निर्माण गर्न सक्नुपर्छः मन्त्री पौडेल पूर्वसभामुख ढुंगानाको निधनप्रति शोक प्रकट गर्न पूर्वराष्ट्रपति भण्डारी बत्तीसपुतलीमा ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ पर्थ टेस्टः भारतले अस्ट्रेलियालाई २९५ रनले हरायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अश्विनको १३ वर्षको करियर: १०० औं टेस्ट खेल्दै, ५०० भन्दा बढी विकेट लिईसके



अ+ अ-

एजेन्सी । मार्च ७ बिहिबार भारतले इंग्ल्याण्डसँगको पाँच खेलको टेष्ट सिरिजको अन्तिम खेल धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा खेल्दैछ । बिहिबार धर्मशालामा भारतीय अफ स्पिनर रविचन्द्रन आश्विनले आफ्नो टेस्ट करियरको सयौं खेल खेल्ने भएका छन् ।

उनी भारतबाट १०० टेस्ट खेल्ने १४औँ खेलाडी बन्नेछन् । यो उपलब्धि हासिल गर्ने उनी विश्वको ७७ औं खेलाडी हुनेछन् । अश्विन भारतको ९२ वर्षको टेस्ट इतिहासमा १०० वा सोभन्दा बढी टेस्ट खेल्ने पाँचौं बलर हुनेछन् । उनीभन्दा अगाडि अनिल कुम्बले, कपिल देव, इशान्त शर्मा र हरभजन सिंहले यो उपलब्धि हासिल गरिसकेका छन् ।

अश्विन बाहेक इंग्ल्यान्डका जोनी बेयरस्टोको पनि यो १००औँ टेस्ट खेल हुनेछ । उनी १०० टेस्ट खेल्ने १७ औं इंग्लिस खेलाडी बन्नेछन् ।

अश्विन भारतबाट १०० टेस्ट खेल्ने चौथो खेलाडी

अश्विन अघि भारतका १३ खेलाडीले १०० टेस्ट खेल्ने उपलब्धि हासिल गरेका थिए । यस सूचीमा पूर्व स्टार ब्याट्सम्यान सचिन तेन्दुलकर शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा भारतीय टोलीका वर्तमान मुख्य प्रशिक्षक राहुल द्रविड रहेका छन् । विराट कोहली, चेतेश्वर पुजारा र इशान्त शर्मापछि अश्विन टेस्टमा शतक पूरा गर्ने चौथो सक्रिय भारतीय खेलाडी हुनेछन् ।

इंग्ल्याण्डका खेलाडीले सबैभन्दा बढी १०० टेस्ट खेलेका छन्

टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा बढी १०० खेल खेल्ने खेलाडी इङ्ल्यान्डका छन् । अहिलेसम्म इङ्ल्यान्डका १६ खेलाडीले १०० खेल पूरा गरिसकेका छन् । यो सूचीमा अस्ट्रेलिया दोस्रो स्थानमा छ । यो सूचीमा भारतको नाम तेस्रो नम्बरमा छ ।

आश्विन टेस्टमा ५०० विकेट लिने दोस्रो भारतीय

अश्विनले ९९ टेस्टमा ५०७ विकेट लिएका छन् । उनी ५०० विकेट लिने दोस्रो भारतीय बलर हुन्। यसअघि अनिल कुम्बलेले १०५ खेलमा यो उपलब्धि हासिल गरेका थिए । उनी सबैभन्दा कम टेस्टमा ५०० विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन् ।

श्रीलंकाका मुथैया मुरलीधरनले मात्र कम खेलमा ५०० विकेट पूरा गरेका थिए । उनले ८७ खेलमा ५०० विकेट पुरा गरेका थिए ।