१४ श्रावण २०८३, बिहीबार
,
Latest
सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह सामुदायिक तनाव र हिंसाप्रति पूर्वराष्ट्रपति भण्डारीको चिन्ता, संयमता अपनाउन आग्रह प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्म स्थगित सुनसरीको घटनाको प्रभाव सिरहामा, दुई समूहबीच झडपपछि ११ भन्दा बढी मोटरसाइकलमा आगजनी स्वास्थ्यकर्मीको सुरक्षा र ऐन कार्यान्वयन गर्न सांसद तोषिमा कार्कीको माग धनुषाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश महोत्तरीमा वन कर्मचारीमाथी भएको आक्रमणको विरोधमा माईतीघरमा प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा



अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उपसहायक विदेशमन्त्री अफरीन अख्तर भ्रमणका लागि नेपाल आईपुग्नु भएको छ ।

नेपाल भ्रमणका क्रममा उहाँले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उपसहायक विदेशमन्त्री अख्तरले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा र लोकतन्त्र, मानवाधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने सम्बन्धमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ ।

साथै उहाले नेपाली सेना र सरकारी अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।