१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

रवि लामिछानेको प्रश्न– विवादित मन्त्रीहरुलाई सदनमा उभिएर जवाफ दिन के ले रोक्यो ?

रवि लामिछानेको प्रश्न– विवादित मन्त्रीहरुलाई सदनमा उभिएर जवाफ दिन के ले रोक्यो ?
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूहरुमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताउनुभएको हो । उहाँले सभामुखले पटक–पटक रुलिङ गर्नुभएको भन्दै मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले सार्वभौम संसदलाई लडाई र आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ ? भनि प्रश्न समेत गर्नुभयो । उहाँले एनसेल खरिद बिक्री प्रकरणको छानविन प्रतिवेदनमाथि पनि संसदमा छलफल हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो सार्वभौम संसदलाई लडाइँको क्षेत्र जस्तो, आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइएको छ ? सभामुखबाट रुलिङ समेत भइसकेको विषयमा सरकारका केही मन्त्रीहरुले आफूलाई लागेको गम्भिर आरोपका विषयमा यो सदनमा आएर उभिएर जवाफ दिन रोकेको छ के ले ? किन यो चिज निरन्तर मागिरहनुपर्ने भयो ? यदि कुनै अपm्ठ्यारो छैन, यदि आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिनसक्ने यथेष्ट आधारहरु छन्, ति आरोप वा विषयहरु निराधार हुन् भने सार्वभौम संसदमा उभिएर त्यस बारेमा भन्नका लागि सरकारलाई के ले रोक्यो ? सभामुखले लगातार तीन पटक रुलिङ गरिसक्नुभएको छ ।’

‘सभामुखको रुलिङलाई पनि बेवास्ता गर्ने ? प्रतिपक्ष मात्र होइन सत्ता पक्षमा रहेका साथीहरु समेत सरकारका विभिन्न रवैयाहरुको बिरोध गरिरहेको, आलोचना गरिरहेको यो परिप्रेक्षमा जुन ढंगले वेवास्ता गरिएको छ यो गम्भिर विषय छ । लोकतन्त्रको लागि यो सुहाउँदो भएन । भद्दा भयो । त्यसकारणले म सबैको ध्यानाकर्षण गराउन चाहन्छु । त्यो मात्रै होइन एक्जियाटाको रिपोर्ट खोई ? कयौँ विषय हामीले मागेका छौँ । एनसेल खरिद बिक्रीको विषयलाई लिएर संसद, सडक तात्यो । खोइ यो विषयमा हामीले चर्चा गर्न पाएको ?’

उहाँले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरेको पनि बताउनु भयो । सरकारले विगतमा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने झुटो आश्वासन दिएको उहाँको भनाई छ ।