२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बक्यौता नतिरेपछि राजस्थान रोयल्सको खेल मैदान ‘सिल’



अ+ अ-

एजेन्सी । आईपीएल हुनु एक महिनाअघि राजस्थान खेलकुद परिषद्ले सवाईमान सिंह रंगशाला सिल गरेको छ । राजस्थान क्रिकेट संघ (आरसीए)ले बक्यौता लगायतका दायित्व पूरा नगरेको पाएपछि काउन्सिलले कारबाही गरेको हो ।

काउन्सिलले रंगशाला बाहेक आरसीएको कार्यालय र एकेडेमी पनि सिल गरेको छ । प्रारम्भिक तालिका अनुसार आईपीएलका खेलहरू मार्च २४ र २८ मा जयपुरमा हुनेछन् ।

राजस्थान खेलकुद परिषद्का सचिव सोहन रामचौधरीले शुक्रबार भने, ‘हामीले आरसीएलाई पटकपटक नोटिस पठाएका थियौँ, तर कुनै प्रतिक्रिया आएको छैन ।’ उनले समझदारी पत्र (एमओयू)लाई आठ वर्षबाट १० वर्षसम्म पुर्‍याउने मात्रै प्रतिक्रिया दिए ।

उनले थप भने, ‘हामीले यो समस्याको समाधान खोज्न आरसीबीसँग बैठक बसेका थियौं । राजस्थानले करिब २०० करोड रुपैयाँ पाएका थिए, तर उसले कुनै पनि रकम नपाएको भनिएको थियो । राजस्थान प्रिमियर लिगको समयमा उसँग धेरै पैसा थियो, तर उसले एमओयु पालना गरेनन् र पैसा जम्मा गरेनन् । त्यसैले हामीले यो कदम चाल्नुपरेको हो ।’

यद्यपि चौधरीले यही रंगशालामा हुने आईपीएल र अन्य खेलहरू आयोजना गर्ने आश्वासन दिएका छन् । चौधरीले भने, ‘यो हाम्रो परिसर हो, हामीले फिर्ता लिएका छौं ।

आठ करोड मात्रै बाँकी रहेको र त्यो कुरा पुरानो भएको उनले बताए । ‘त्यस विषयमा आईपीएल अघि अचानक परिसर सिल गर्नु राजनीतिक कुरूपतालाई देखाउँछ । हामी यस विषयमा विचार गर्नेछौं र कानुनी कारबाही गर्नेछौं ।’ उनले भने ।