१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जाल लोकतन्त्रलाई चुनौति दिनसक्ने तहमा आइसकेको छैन: उपाध्यक्ष पौडेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जाल लोकतन्त्रलाई चुनौति दिनसक्ने रुपमा नआएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सञ्जालका कारण लोकतन्त्र खतरामा पर्‍यो भन्ने भनाइसँग आफू सहमत नरहेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालबाट गलत सूचना संप्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भइरहेको सत्य भएपनि लोकतन्त्र नै खतरामा भने नपारेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालका गलत सूचनाहरु रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोशिस हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई के लाग्छ भने यो सोसल मिडियाले लोकतन्त्रमा खतरा ल्यायो भन्नेकुरासँग म त्यति धेरै सहमत छैन । यसले मिस कम्युनिकेसनको कुरा गरेको छ, गलत सूचना संप्रेषण भइरहेको छ, समाजलाई गलत गर्ने कोशिस पनि गरिएको छ । तर लोकतन्त्रलाई चुनौति दिनसक्ने तहमा यो आइसक्यो भन्ने मलाई लाग्दैन । लोकतन्त्रलाई चुनौति दिनसक्छ जस्तो लाग्दैन । यद्यपि यसका प्रभावको बारेमा छलफल गर्नुपर्छ । त्यसबाट हामीले हाम्रो सोसाइटीलाई जोगाउने कोशिस गर्नुपर्दछ ।’

उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल, इआई, आइटीको दुरुपयोग हुनसक्ने भए सदुपयोग हुनसक्छ की सक्दैन ? भन्ने प्रश्न गर्नुभयो । उहाँले राजनीतिक दलहरु वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा उभिनुपर्ने बताउनु भयो । उहाँले कसैले पनि प्रेस स्वतन्त्रतालाई संकुचन गर्नु नहुने बताउनु भयो । उहाँले लोकतन्त्रको प्राण नै आलोचना भएको जिकिर गर्नुभयो । —न्युज एजेन्सी नेपाल