२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपिलवस्तु पुगेर रविले भने- आवाज रोकियो, यात्रा रोकियो भने पार्टी बनाउने जिम्मा जनताको



अ+ अ-

काठमाडौं । रास्वपाका अध्यक्ष सभापति रवि लामिछानेले षड्यन्त्रले आफनो आबाज रोक्ने प्रयास भएको बताउनु भएको छ ।

कपिलवस्तुको जीतपुरस्थित बुद्ध रंगशालामा रास्वपाको खुलासभालाई सम्बोधन गर्दे सभापति लामिछानेले षडयन्त्रले आवाज रोकियो भने, यात्रा रोकियो भने पार्टी बनाउने जिम्मा जनतालाई दिने बताउनु भयो ।

उहाँले भनुभयो ‘यो आवाज रोकियो भने, यात्रा रोकियो भने पार्टी बनाउने जिम्मा तपाईं जनतालाई दिन्छु। किनकि, एउटा मान्छेले गरेर केही पनि हुँदैन, धेरै मान्छे चाहिन्छ।’

उहाँले भन्नुुभयो ‘ मान्छेका रुपमा कैयौं कमजोरी भएका होलान्। तर, देशलाई घात गर्ने र जनतालाई ठग्ने एउटा पनि काम गरेको छैन्। मैले कसैलाई अन्याय गरेको रहेछु भने सोही व्यक्ति आओस्। शक्तिको दुरुपयोग गरी झुटा र अनर्गल प्रचार गरेर मलाई कसैले कमजोर बनाउन सक्दैन, प्रयास नै नगरे हुन्छ।’

जनताले परिवर्तनको कसम खाने र चार वर्ष प्रतिवद्ध रहे मुलुक परिवर्तन हुने दाबी गर्दे उहाँले भन्नुभयो– ‘म शक्तिशाली जनता हुँ, दास होइन। नोकर होइन। म लोभी होइन। रक्सी–मासुमा भोट बेच्नेवाला होइन। म सचेत नागरिक हुँ भनेर कसम खान सक्नुहुन्छरु र, त्यो कसम चार वर्ष टिकाउन सक्नुहुन्छरु सक्नुहुन्छ भने यो देशमा परिवर्तन कसैले पनि रोक्न सक्दैन।’

उहाँले भन्नुभयो ‘एक कार्यकाल बहुमतको सरकार चलाएर आफूले भनेका कुरा पूरा गर्न नसके राजनीतिबाटै अलग हुने। राम्रो गरुन्जेल घण्टी बजाउनुस्। नराम्रो गर्दा घण्टीले हामीलाई नै बजाइदिनुस्।’