• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

अर्धठोस बनाएर ल्याइएको अवस्थामा ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई पक्राउ गरिएको हो ।

सोमबार राति फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका गफुरलाई शंका लागेर जाँच गर्दा सुन फेला परेको एसएसपी कृष्णहरि शर्माले जानकारी दिए ।

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई विमानस्थल भन्सार कार्यालय बुझाइएको छ ।