६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडाध्यक्षदेखि संघीय मन्त्रीसम्म सबैको सम्पत्ति छानबिन गरौ: कांग्रेस उपसभापति गुरुङ



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीबाट निर्वाचित वडाध्यक्षदेखि संघीय मन्त्रीसम्म सबैको सम्पत्ति छानबिन गर्नमाग गर्नुभएको छ ।

आजबाट सुरु भएको पार्टीको महासमिति बैठकलाई सम्बोधन गर्दै कानून न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका गुरुङले सबैको सम्पत्ति छानबिन गर्ने हो भने आगामी निर्वाचनमा पार्टीलाई एकल बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । उहाँले व्यापारीहरु राजनीतिमा हामफाल्दा पार्टी संकटमा परेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘नेपाली राजनीतिमा देखिएको क्रोनी क्यापटिजमका कारण व्यापारी नेता र नेता व्यापारी जस्ता देखिए । अबको दिनमा हामीले क्रोनी क्यापिटलजिमको विरुद्ध एक ठाउँमा उभिनु जरुरी छ’ गुरुङले भन्नुभयाे, ‘यही कारण आर्थिक सुशासन कायम गर्न सकिरहेका छैनौं । जबसम्म देशमा भ्रष्टाचार रहन्छ फेदमा बसेकालाई टुप्पोमा पुर्‍याउन सकिँदैन ।’

उहाले बैठकमा पेश गरिने प्रस्तावमा गहिरो गरी छलफल हुनुपर्ने र नीति बनाइनुपर्नेमा जोड दिनुभयो ।