११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छ: महामन्त्री थापा (भिडियोसहित)

उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब छ: महामन्त्री थापा (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याउने काम गरेको आरोप लगाउनुभएको छ ।

सोमवार उहाँले सरकारले केही दिनभित्रै राजनीतिक भागबण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको तर खुला प्रतिष्पर्धा भनेर जनतालाई झुक्याउने काम गरेको बताउनुभएको हो । उहाँले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठन लगायत धेरै विषयमा सुधार गर्नुपर्ने भएपनि प्रधानमन्त्रीले पुन: गल्ती दोहार्‍याएको दाबी गर्नुभयो ।

उहाँले उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्रीको नियत नै ठिक नभएको जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहाललाई खुला प्रतिष्पर्धाबाट नै उपकुलपति चयन गरेको छु भन्ने सोचेर सबैलाई झुक्याएको जस्तो लागेपनि आफैँ झुक्किरहेको बताउनु भयो । उहाँले अहिले खुला प्रतिष्पर्धा भनिएपनि नियत भागबण्डाकै राखिएको बताउनु भयो । महामन्त्री थापाले प्रधानमन्त्रीले चाहेको खण्डमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने बताउनु भयो । उहाँले प्रधानमन्त्रीले अहिले पाएको मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो विश्वविद्यालयको अवस्था बिजोग छ । विश्वविद्यालयको नेतृत्व चयनदेखि यसको पठनपाठन लगायतका थुप्रै विषयमा सुधार गर्नुपर्नेछ । जुन अब संसदमा केही समयपछि आउने उच्च शिक्षालाई हेर्ने विधेयक जुन आउँछ । त्यसमा काम गरिसकेपछि यसको प्रवन्ध हुन्छ । तर यो कानून बन्न अझैपनि कम्तिमा एक डेढ वर्ष लाग्छ । यहाँ समस्या के भयो भने त्यो कानून बन्नु भन्दा पहिला नै त्रिभूवन विश्वविद्यालय लगायतको सबै विश्वविद्यालयहरुको नेतृत्व रिक्त भयो । अब हामी अहिले कानून एक वर्षपछि बनाउँला । तर अहिले आएको नेतृत्वले त ५ वर्ष काम गर्दछ । अर्को ४ दखि ५ वर्ष विश्वविद्यालय पहिलाको जस्तै अस्तव्यस्त हुन्छ । त्यो भएकाले हामीले प्रधानमन्त्रीलाई भेटेर विभिन्न माध्यमबाट यो विषयमा करिव करिव ६ वटक त मैले नै भेटेर कुरा गरेँ । अरु माध्यमबाट अरुले पनि कुरा त गर्नुभयो नै । कानून आउँछ, त्यसलाई हामी ठिक बनाउँछौँ । तर यो पटक मौका आएको छ भन्ने अनुरोध गरेका थियौँ । त्रिभूवन विश्वविद्यालयको उपकुलपति सही चयन गरिदिनुस् । यस्तो व्यक्ति चयन गरिदिनुस् की त्यो नेतृत्व चयन भएको नेतृत्वलाई हेरेर अरु विश्वविद्यालयको सुधारको नयाँ अध्याय प्रारम्भ भयो भन्ने सबैलाई एउटा विश्वासको वातावरण बनोस् । यो बीचमा अनि कानून बनाएर ठिक बनाउँला । त्रिभूवन विश्वविद्यालयको नेतृत्व ठिक आयो भने बाँकी रहेको नेतृत्व ठिक आइहाल्छ । प्रधानमन्त्रीले यसलाई सकारात्मक रुपमा लिनुभयो र पटकपटक संकल्प पनि गर्नुभयो । अस्ति बीचमा प्रक्रिया अलिकति बिग्रियो भनेर उहाँले सच्याउने निर्देशन पनि दिनुभयो । तर अहिले नामहरु सिफारिस भएर जुन हतारहतार सिफारिस भएर जुन ठाउँमा ल्याइएको छ, यसबाट स्पष्ट के भयो भने फेरि एकपटक सरकारमा बसेको दलहरुमा मेरो दल पनि छ । जसरी यो भन्दा पहिला दलहरुको बीचमा विश्वविद्यालयको भागबण्डा हुन्थ्यो । फेरि यसलाई भागबण्डामा लगेर टुंग्याउने करिव निधोमा पुग्नुभयो । मलाई उदेक लागेको कुरा जताततै हामी भाषण गर्छौं । सबैकुरा बिग्रियो, भत्कियो भनेर । सच्याउने मौका पनि हामी पाउँछौँ । यही विश्वविद्यालयको सन्दर्भमा । काँग्रेसको महामन्त्री र सांसद पनि हुँ म । हामी सबैजना प्रधानमन्त्रीलाई वातावरण बन्दियोस्, हामी जहिल्यै भाग माग्नुपर्ने हो । भागबण्डा नगरौँ, रोकौँ भनेर वातावरण बनाइरहेका छौँ । यत्रो वातावरण बनेको बेलामा, यस्तो उच्च शिक्षामा बेथिति भएको बेलामा यो बेलामा पनि यो अधिकारको प्रयोग नगर्ने ? यो बेलामा पनि नियत नराख्ने । त्यसैले मेरो आग्रह अहिले पनि सबैकुरा बिग्रिसकेको छैन । अहिले पनि प्रधानमन्त्रीले यतिखेर विश्वविद्यालय नियुक्तिका सन्दर्भमा प्रक्रिया सतहमा मिलेको देखिए पनि जे अपेक्षा गरिएको थियो, त्यो अपेक्षाअनुरुप भएको छैन । त्यसकारण म विश्वविद्यालयको कसले नेतृत्व गर्ने भन्नेकुरा म यसरी भागबण्डा गर्दिन, म नेतृत्व चयन ठिक ढंगले गर्छु भनेर अहिले पनि उहाँले नयाँ प्रक्रिया थालनी गर्न सक्नुहुन्छ । अहिले पनि खोजेर ल्याएको उपकुलपति बनाउन सक्नुहुन्छ । यो अधिकार कानूनले दिएको छ । अझै पनि उहाँको गर्ने इच्छाशक्ति छ भने यो बिन्दुबाट पनि उहाँले सच्याउन सक्नुहुन्छ । सच्याउनु भएन र भागबण्डा नै गर्नुभयो भने भोलि गएर उहाँले यो विषयका बारेमा अनेकन ठाउँमा गएर उच्चशिक्षा राम्रो बनाउनुपर्छ, विश्वविद्यालय राम्रो बनाउनुपर्‍यो भन्नेकुराको कुनै पनि तुक रहँदैन । हामीले प्रश्न उठाउनुपर्ने कुरा नियतमा हो । प्रक्रियाको सन्दर्भमा के रहन्छ भने यो विषयको सन्दर्भमा विश्वविद्यालयको उपकुलपति लगायतका विषयको सन्दर्भमा मेरो नियत के हो ? नियुक्त गर्ने मानिसको नियत जसरी पनि मेरो मान्छे बनाउँछु, उपकुलपति मसँग नजिक भएको बनाउँछु, उपकुलपति बनाएपछि रजिस्टार सत्तामा भएको अरु दललाई भागबण्डा गर्दछु । त्रिभूवन विश्वविद्यालय मेरो दलले लिएकोले गर्दा अर्को विश्वविद्यालय अर्को दललाई दिन्छु, यसरी नै चल्दै आएको हो । जसले विश्वविद्यालय अस्तव्यस्त छ । अब झुक्याउन खोज्यौँ । नियत त्यो राखिसकेपछि अहिले प्रक्रिया पुग्यो भन्दै गर्दा भागबण्डा गर्दैगर्दा पनि यो भन्दा पहिला पनि भागबण्डा गर्दा खुला प्रतिष्पर्धा गर्दिन भनेको बेलामा पनि विश्वविद्यालयको जुन क्षेत्राधिकार छ, उपकुलपति हुनलाई यति वर्ष, अध्ययन गरेको, गराएको त्यो भन्दा बाहिरको मानिस त कसैले ल्याएर अहिलेसम्म गराएको होइन । यो भन्दा पहिला पनि योग्यता पुगेकै मान्छे बनाएको हो, नियत ठिक नराखेको हो । अहिले खुला प्रतिष्पर्धा गर्छु भनियो तर नियत भागबण्डाकै राखियो । जसकारण परिणाम एउटै आउने भयो । झाक्याइयो । अहिले त मन सफा गरेर सुधारको संकेत दिने मौका पाएको बेलामा प्रधानमन्त्रीज्युलाई सबैलाई झुक्याएँ भन्ने लागेको होला, आफैँ झुक्किरहनु भएको छ । मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु हो ।’

महामन्त्री थापाले आफूले प्रधानमन्त्रीलाई खुला प्रतिष्पर्धाबाट योग्य व्यक्ति उपकुलपति बनाउन बारम्बार आग्रह गरे पनि प्रधानमन्त्रीले भागबण्डाकै आधारमा नै नियुक्ति गर्न लागिएको भन्दै आपत्ति जनाउनु भयो ।

न्युज एजेन्सी नेपाल