११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

शेखर कोईरालाको प्रश्न: काँग्रेस सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो ?

शेखर कोईरालाको प्रश्न: काँग्रेस सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो ?
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोईरालाले आफूहरु सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो ? भनि पार्टी नेतृत्वलाई प्रश्न गर्नुभएको छ ।

जिल्ला जिल्लामा पार्टीका साथीहरुले आफूलाई सो प्रश्न गर्ने गरेको उल्लेख गर्दै त्यसको जवाफ दिनेगरी पार्टीको महासमिति बैठकमा प्रश्तुत हुन पनि उहाँले नेताहरुलाई आग्रह गर्नुभयो । काँग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य हुनेगरी सोमवार (भोलि)बाट शुरु हुने महासमिति बैठकमा गम्भिर रुपमा छलफल हुनपर्ने नेता कोईरालाको भनाई थियो । पार्टी महासमिति बैठकको अघिल्लो दिन आईतावर (आज) काठमाडौंमा आयोजित चियापान कार्यक्रममा बोल्दै उहाँले जनमत घटिरहेका बेला सरकारमा बसेका छौं भनेर काँग्रेसले खुशी हुनुपर्ने कुनै कारण नभएको पनि दोहोर्‍याउनु भयो ।

उहाँले महासमिति बैठकमा निर्वाचन प्रणालीमा सुधार ल्याउने विषयमा पनि महासमिति बैठकमा छलफल गर्नुपर्ने बताउनु भयो । विद्यमान निर्वाचन प्रणालीले कुनैपनि राजनीतिक दलको बहुमत आउन नसक्ने भएकाले त्यसमा सुधार गरेर अघि बढ्न काँग्रेसले सबै राजनीतिक दलसँग छलफलका लाग अग्रसरता दिनुपर्ने नेता कोईरालाको प्रश्ताव छ । उहाँले मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा रहेको उल्लेख गर्दै रेमिटयान्स अर्थतन्त्रको विकल्प खोज्ने गरी निष्कर्षमा पुग्न पनि काँग्रेस महासमिति बैठकले ठोस निर्णय लिनुपर्ने बताउनु भयो ।

नेता कोईरालाले भन्नुभयो, ‘म जिल्लाजिल्ला घुम्दाखेरी साथहिरको एउटै प्रश्न हुन्छ–के हामी सधैं कम्युनिष्ट पछि लागेर हिँड्ने हो ? यो प्रश्न उठाइरहनु हुन्छ । हामीले एक्लै चुनाव कहिले लडने हो भनेर सोध्नुहुन्छ । यस पटकको दस्तावेजमा पनि एउटा कुरा के छ भने हामीले स्थानीय तहमा, प्रदेशमा र केन्द्रमा हामी सरकारमा छौं । बहुमतमा छौं चारैतिर । तर हाम्रो भोट प्रतिशत घट्दै गइरहेको अवस्था छ । त्यो किन घट्यो ? भन्ने कुरा अत्यन्त गम्भिर छ । आज यो ठिक लाग्ला हामीलाई । के भने सरकारमा छँदैछौं भनेर ठिक लाग्ला । तर भोलि हाम्रा सन्ततिहरुले हामीहरुलाई सोच्ने छन कि छैनन् भन्ने पनि हामीले बुझन जरुरी छ । भोट प्रतिशत ३४/३५ प्रतिशतबाट घटदैघटदै २७ प्रतिशतमा आएको छ क्यारे हाम्रो । साढे ७ प्रतिशत भोट घटेको छ । यो किन घटिराखेको छ भनेर हामीले विश्लेषण गरिराखेका छैनौं । हामी के मा रमाइराखेका छौ भने केन्द्रमा सरकारको नेतृत्व त हामीले गरेको छैन । तर १० वटा मन्त्रालय त हामीसित छ । यो कुरालाई तपाई महासमितिका साथीहरुले अत्यन्तै गम्भिर रुपले छलफल गर्नुहोला । र, महासमिति बैठकमा पनि यी कुराहरु राख्नु हुनेछ भन्ने विश्वास लिएको छु । दोस्रो कुरा हामीहरुको निर्वाचन प्रणाली नै यस्तो प्रकारको छ । यो निर्वाचन प्रणालीले कुनैपनि दललाई बहुमत दिन सक्दैन । बहुमत आउन पनि सक्दैन । एकातिर हामीहरु संसदीय प्रणाली भन्छौं । अर्कोतिर बहुमतको सरकार हामीले पाउन सक्दैनौं, हुन सक्दैन । के निर्वाचन प्रणालीमा हामीले केही परिवर्तन गर्नुपर्छ कि ? भन्नेतिर पनि हामी जानुपर्छ । मलाई के लाग्छ भने अब नेपाली काँग्रेसले पहल गर्नुपर्‍यो । अन्य राजनीति दलहरुसँग पनि बसेर । एमालेसित, माओवादीसित अनि अन्य दलहरुसँग पनि बसेर छलफल गर्नुपर्‍यो । निर्वाचन प्रणालीलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा नेपाली काँग्रेसकै अग्रसरतामा हुनु पर्छ भन्ने मलाई लाग्छ । देशको आर्थिक अवस्थाको कुरा गर्दा आज पनि प्रधानमन्त्रीजीले संसदमा भन्नुभयो–आर्थिक सूचकांकहरु राम्रो हुँदैछ भनेर । अर्थमन्त्रीजीले पनि भन्दै हुनुहुन्छ–आर्थिक सूचकांक राम्रो हुँदैछ भनेर । तर जनताले त्यो सूचकांक राम्रो छ कि छैन ? भन्ने कुराको अनुभुति जनताले पाउन सकेको मलाई लाग्दैन । देशका आर्थिक अवस्था नाजुक अवस्थाबाट गइराखेको छ भन्ने मलाई लाग्छ । हामीहरु रेमिट्यान्स बढेको बढ्यै छ । त्यसमा प्रशन्न, खुशी छों । सरकारमा बस्ने हामी सबै नेपालीहरु खुशी छौं । तर के रेमिटयान्स बढेर देशको समुन्नत नेपाल, समृद्ध नेपाल, विकसित नेपाल हामीहरुले बनाउन सक्छौं ? रेमिटयान्सको विकल्प अब हामीले खोज्न जरुरी छ । यसको निम्ति नेपाल भित्रै भएका विज्ञहरु र बाहिर भएर विज्ञहरुलाई समावेश गरिकन कसरी नेपाललाई विकसित गर्न सकिन्छ, कसरी नेपाललाई अगाडि बढाउन सकिन्छ भन्ने कुरामा अत्यन्त गम्भिर भएर सोच्नुपर्ने अवस्था आएको छ ।’

वरिष्ठ नेता कोईरालाले मुलुकको अर्थतन्त्रको सूचकांक राम्रा छ भनेर प्रधानमन्त्री स्वयंले भने पनि जनताले त्यस्तो अनुभुति गर्न नसकेको जिकिर समेत गर्नुभयो । —न्युज एजेन्सी नेपाल