१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

तातोपानी कुण्ड संरक्षणमा गाउँपालिकाको चासो

तातोपानी कुण्ड संरक्षणमा गाउँपालिकाको चासो
अ अ+ अ-

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी नदी छेउमै रहेको तातोपानी कुण्डको संरक्षण गरिने भएको छ । मस्र्याङ्दी गाउँपालिका–४ जगतको तातोपानी कुण्डको संरक्षण गर्न यहाँको गाउँपालिकाले चासो दिन थालेको छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले तातोपानी कुण्डलाई थप व्यवस्थित गदै प्रचारप्रसार गर्न सके पर्यटक आगमन हुने र ऐतिहासिक तातोपानी कुण्ड भएकाले यसको संरक्षणमा गाउँपालिका अघि बढ्न लागेको बताउनुभयो । तातोपानी कुण्डको व्यवस्थापनका लागि गाउँपालिकाले पर्यटन क्षेत्रको बजेटमध्ये रु १४ लाख विनियोजन भएको छ ।

साथै तातोपानीको थप संरचना निर्माण गरी व्यवस्थापनका लागि सङ्घीय सरकारले रु छ लाख बजेट छुट्याएको उहाँको भनाइ छ । तातोपानी कुण्डको व्यवस्थापन गर्ने योजना अनुरुप गाउँपालिकाका अध्यक्ष गुरुङसहित उपाध्यक्ष जुनामाया थापा, वडा नं ४ का वडाध्यक्ष बलबहादुर गुरुङ, गाउँपालिकाका इञ्जिनियर सुरेश गौतमसहितको टोली केही दिनअघि तातोपानी कुण्डमा पुगेको थियो ।

कुण्डलाई थप व्यवस्थित गर्ने काम चाँडै अघि बढाइने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । एउटा ठूलो पोखरी र पिकनिकस्थल निर्माण र यसअघिको संरचनालाई थप व्यवस्थित गरिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

स्थानीय पर्यटन व्यवसायी गुरुङका अनुसार जगतको तातोपानी कुण्डमा दुई वटा पोखरी छन् । प्रतिपोखरी १५ देखि २० जनासम्म अटाउँछन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० को रु ५० हजार र गाउँलेको श्रमदानमा विसं २०६८ मा एउटा पोखरी निर्माण गरिएको र त्यसपछि तत्कालीन सांसद जमिन्द्रमान घलेको सांसद कोषको रु दुई लाख बजेटमा अर्को पोखरी निर्माण गरिएको थियो ।

त्यस्तै पर्यटन बोर्डबाट प्राप्त रु पाँच लाख बजेट र स्थानीयवासीको श्रमदान गरी शौचायलय, लुगा फेर्ने ठाउँ, आराम गर्ने ठाउँ निर्माण गरिएको थियो । दुई वर्षअघि सो गाउँपालिकाले एक लाख ५० हजार बजेट र च्याम्बर र दुई वटा धारा निर्माण गरिएको थियो ।

गाउँपालिकाकै रु तीन लाख बजेटबाट रेलिङ र सिँढीसमेत निर्माण गरिएको स्थानीयको भनाइ छ । सो कुण्डमा चैत र कात्तिकमा नुहाउनेको भीड लाग्ने गर्दछ । यहाँ नुहाउँदा बाथ, छालारोग र हाडजोर्नी लगायतका रोग निको हुने जनविश्वास छ । पर्यटकीय याममा विदेशी पर्यटकहरु तातोपानीमा नुहाउने गरेको स्थानीयको भनाइ छ । यहाँका स्थानीय पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले यहाँ तातोपानी कुण्डमा बनाइएको भौतिक संरचना जीर्ण हुँदै आएको र यतिबेला गाउँपालिकाले यसलाई व्यवस्थित गर्न लागेकाले तातोपानी कुण्ड क्षेत्रको संरक्षण हुने र पर्यटन क्षेत्रमा पनि टेवा पुग्ने बताउनुभयो । मस्र्याङ्दी नदी छेउमै रहेकाले बाढीले नबगाउने गरेर यसको संरचना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । रासस