७ पुष २०८२, सोमबार
,
Latest
प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

१ लाख ५० हजार रुपियाँमा भिजिट भिसाको सेटिङ



अ+ अ-

काठमाडौं । अध्यागमन विभागले कुनै पनि देशमा भिजिट भिसामा जानका लागि सम्बन्धित देशको भिसा, दुईतर्फी हवाई टिकट, भिजिट भिसामा जान लागेको देशमा कति दिन बस्ने हो त्यसअनुसारको होटल बुकिङ र एक हजार अमेरिकी डलर देखाउनुपर्ने व्यवस्था गरेको छ । तर, यी कागजपत्र मात्र लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सहजै विदेश यात्रा गर्न भने पाइँदैन । सबै कागजात भएर पनि विमानस्थलका कर्मचारीलाई ‘प्रसन्न’ बनाउने कार्य गरिएन भने नेपाली नागरिकले अध्यागमन परिसर पार गर्न पाउँदैन ।

विमानस्थलका कर्मचारीलाई ‘प्रसन्न’ बनाउन कसरी सकिन्छ त ? यसका लागि बाहिर ‘सेटिङ’को व्यक्तिलाई औसत १ लाख रुपियाँ भेटी चढाउनुपर्छ, उसले माथि उल्लेख भएभन्दा अतिरिक्त अर्को पत्र बनाइदिन्छ । त्यो देखाएपछि भने नेपाली नागरिकको यात्रा अगाडि बढ्छ । त्यस ‘अर्को पत्र’का लागि यात्रुले १ लाख ५० हजार रुपियाँसम्म तिर्नुपरेको पीडितहरु बताउँछन्।

विमानस्थलमा हुने यस प्रकारको सेटिङलाई बन्द गरी भिजिट भिसामा सहजै यात्रा गर्न सकिने नयाँ नियम आउन लागे पनि नियम नआउँदासम्म भने विना सेटिङ विमानस्थलबाट यात्रुले यात्रा गर्नसक्ने अवस्था छैन । अध्यागमन विभाग प्रमुख रमेशकुमार केसीले ‘अब नयाँ नियम आएपछि भिजिट भिसामा यात्रा गर्न सहज हुनेछ’ भन्छन्।  (नेपाल समाचार पत्र दैनिकबाट)