१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना आवश्यक छ: खानेपानीमन्त्री यादव

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना आवश्यक छ: खानेपानीमन्त्री यादव
file photo
अ अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधान गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौंका जनतालाई १२ महिना खानेपानी दिने सरकरको योजना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुन: संरचना नगरे सम्भव नभएको बताउनु भयो । उहाँले काठमाडौं उपत्यका खानेपानीको पुन:संरचना गरी त्यसैको प्रमुख भुमिका हुनेगरी निर्माण गर्नसके मात्रै अहिलेको खानेपानी समस्याको हल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले काठमाडौं उपत्यकाको खानेपानी समस्या समाधान गर्ने सरकारले मेलम्ची खानेपानी आयोजना ल्याउने प्रतिवद्धता जनाएको २२ वर्ष हुँदा पनि नसकेको बताउनु भयो । उहाँले काठमाडौंका जनतालाई पर्याप्त मात्रामा पानी अहिलेसम्म नपाएको बताउनु भयो । उहाँले सरकारसँग १७ करोड लिटर पानी हुने तर माग ५१ करोड लिटर रहेको बताउनु भयो । उहाँले सरकारले १७ करोड लिटर पानी समयमा नै उपलब्ध नगर्दा ८ महिनासम्म मात्रै पानी दिनसक्ने अवस्था रहेको बताउनु भयो। उहाँले काठमाडौंका जनतालाई १२ महिना पानी उपलब्ध गराउन सरकारले विभिन्न स्थानीय स्रोतहरुको लागि प्रयास भइरहेको बताउनु भयो । उहाँले यसको बढी जिम्मेवारी स्थानीय सरकारको भएको पनि बताउनु भयो । उहाँले सरकारले काठमाडौं उपत्यका स्थानीय सरकार प्रमुखहरुसँग बारम्बार छलफल गरिरहेको बताउनु भयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण सम्पन्न गर्ने सिमा लगाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाल जलवायु परिवर्तनको कारण नेपाल सबैभन्दा बढी प्रभावित देश बनेको छ । हिमाल पग्लिरहेको छ । पानीका मुहानहरु र खोलाहरु सुकिरहेका छन् । तराई मधेसमा र काठमाडौंमा पनि पानीको सतह घटिरहेको छ । यी सबै सवाल मुलुकको लागि चिन्ताको विषय बनेको छ । सरकार यसमा गम्भिर छ । जलवायु परिवर्तन र विभिन्न वातावरणीय प्रभावको कारण खानेपानी चुनौति बनेको छ । त्यसलाई समाधान गर्नको लागि सरकारले मेलम्ची खानेपानी आयोजना जुन काठमाडौंका जनताको लागि खुवाउने प्रतिवद्धता २२ वर्ष भएको छ । काठमाडौंका जनतालाई पर्याप्त मात्रामा पानी पाएको अवस्था छैन । सरकारसँग १७ करोड लिटर पानी हुन्छ । ५१ करोड लिटर माग रहेको छ । सरकारले १७ करोड लिटर पानी समयमा नै उपलब्ध नगर्दा ८ महिनासम्म मात्रै पानी दिन सक्ने अवस्था हुन्छ । काठमाडौंका जनतालाई १२ महिना पानी उपलब्ध गराउन सरकारले विभिन्न स्थानीय स्रोतहरुको लागि प्रयास गरिएको छ ।’

‘यसको बढी जिम्मेवारी स्थानीय सरकारको हो । ऐन र कानूनले पनि स्थानीय,प्रदेश र संघ सरकार मिलेर खानेपानी र सरसफाई गर्नुपर्ने व्यवस्था रहेको छ । काठमाडौं उपत्यका स्थानीय सरकार प्रमुखहरुसँग बारम्बार छलफल गरिरहेका छौं । तर उहाँहरुलाई काठमाडौका जनतालाई पानीको समयमा प्रतिवद्धता हुने,सबै राजनीति पार्टीहरुको घोषणा पत्रका हुने तर कार्यान्वयनको सवालमा उपस्थित नहुने अवस्थाले चिन्ता लागेको छ । राष्ट्रिय गौरवका आयोजनाहरु कति समयमा निर्माण सम्पन्न गर्ने भन्ने यकिन हुनुपर्ने आवश्यकता रहेको छ । समस्या मुख्य समाधान काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुन:संरचनाको आवश्यक छ । पुन:संरचना गर्न सकिन भने काठमाडौंको जनतालाई १२ महिना पानी खुवाउने प्रतिवद्धता छ त्यो पूरा गर्न सकिँदैन । काठमाडौं उपत्यका खानेपानीको पुन:संरचना गरी यसैको प्रमुख भुमिका हुनेगरी निर्माण गर्न सकियो भने समस्याको हल हुन्छ ।’

उहाँले नेपाल जलवायु परिवर्तनको कारण नेपाल सबैभन्दा बढी प्रभावित देश बनेको बताउनु भयो । उहाँले जलवायु परिर्वतनको कारण हिमाल पग्लने,पानीका मुहानहरु र खोलाहरु सुकिरहेको बताउनु भयो । उहाँले तराई मधेसमा र काठमाडौंमा पनि पानीको सतह घटिरहेको दाबी गर्नुभयो । उहाँले जलवायु परिवर्तन र विभिन्न वातावरणीय प्रभावको कारण खानेपानीको उपलब्धतामा चुनौति बनेको बताउनु भयो ।