७ पुष २०८२, सोमबार
,
Latest
प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा पुनःस्थापनापछि शिक्षामन्त्री ‘सक्रिय’ : निजी कलेजहरुलाई धमाधम सम्बन्धन



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि मन्त्रालयको काममा ‘ध्यान दिन’ थालेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले निजी कलेजहरुलाई धमाधम सम्बन्धन बाँड्न सुरु गरेका छन् । झापाको प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्ध दिलाउन यसै साता केयू पदाधिकारीलाई ठाडो निर्देशन दिएका उनले विदेशी सम्बन्धनमा सञ्चालित ९ वटा निजी कलेजलाई कार्यक्रम र विषय थप गर्ने प्रक्रिया अघि बढाएका छन् ।

उनी मन्त्री नियुक्ति भएलगत्तै मन्त्रिपरिषद्ले दुई वर्षदेखि रोकिएको विश्वविद्यालय सम्बन्धन फुकुवा गर्ने निर्णय गरेको छ । उक्त निर्णय लगत्तै विश्वविद्यालयबाट पनि सम्बन्ध बाँड्न उनले पदाधिकारीलाई दबाब दिन थालेका छन् ।

सीटीईभीटी अन्तरगत सम्बन्धन पनि अघि बढाउन उनले गृहकार्य गरिरहेको मन्त्रालय स्रोतले जनाएको छ । विज्ञहरु सम्मिलित उच्चस्तरीय शिक्षा आयोगले २०७५ मा सम्बन्धन नबाँड्न सरकारलाई सुझाव दिएको थियो । सुझाव विपरित मन्त्री श्रेष्ठले शिक्षण संस्थालाई सम्बन्ध दिने कामलाई केही दिनयता प्राथमिकतामा राखेका हुन् । उक्त कुरा उनी स्वयंले स्वीकार गरेका छन् । यो समाचार कान्तिपुर दैनिकमा छ ।