१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

खेलाडीहरुका देशमै राम्रो वातावरण बनाउनुपर्छ: ओली

खेलाडीहरुका देशमै राम्रो वातावरण बनाउनुपर्छ: ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि स्वदेशमै राम्रँे वातावरण बनाउनसके विदेश पलायन हुनबाट रोक्न सकिने बताउनुभएको छ ।

सोमवार ललितुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राम्रो खेलाडीहरुका लागि बाहिर अवसरहरु धेरै रहेकाले पलायनको अवस्था आएको भन्दै देशमै राम्रो वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालले नै अन्तर्राष्ट्रिय स्तरका खेलहरु जितेर भविष्यको लागि राम्रो गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आफू प्रधानमन्त्री भएको बेलामा रंगशालाको पुन: निर्माणदेखि नयाँ रंगशाला निर्माणमा आफूले धेरै काम गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राम्रो खेलाडीहरुका लागि बाहिर अवसरहरु अलि बढी छन् । तर हामीले आफ्नो स्ट्याण्डर बढाउनुपर्छ । आफ्नो टिमले अन्तर्राष्ट्रिय खेलहरु जित्नुपर्छ । यहीँ राम्रो वातावरण बनाउनुपर्छ । त्यसो हुँदा खेलाडीहरु बाहिर जाँदैनन् । म प्रधानमन्त्री भएको बेलामा दशरथ रंगशाला बनेको थियो । अन्य थिएन । भत्किएको दशरथ रंगशाला बनाइयो । जनकपुर, पोखरामा अर्को रंगशाला बनाइयो । खेलाडीहरुका लागि राम्रो वातावरण बनाइयो । यही खेल पनि हामी सरकारमा भएका बेलामा टक्सारबाट जमिन खेलकुद परिषद्का नाममा सारेर यो फुटबल मैदान बनाएको हो । हामी नै हौँ जहाँ गयो बनाउँछौँ । हामीले बनाएको हो, मान्छेलाई मन नपरेर के गर्ने ।’

अध्यक्ष ओलीले नेकपा एमालेले सरकारमा हुँदा गरेका राम्रा कामहरु पचाउन अझै कठिन भइरहेको बताउनु भयो ।