९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित
अ अ+ अ-

काठमाडौँ । तीन एकदिवसीय सिरिजअन्तर्गत क्यानडाविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि मैदान किर्तिपुरमा भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो ।

नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा अलआउट भयो । उसका लागि निकोलास किर्टोनले सर्वाधिक ६८ रन जोडे । ९९ बल खेलेका उनले ७ चौका प्रहार गरे । यस्तै पर्गात सिंहले पनि अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउन सकेनन् । उनले ५८ बलमा ५० रन जोडे । हर्ष ठाकेरले ३२ र आरोन जोनसोनले २० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका कप्तान रोहित पौडेलले चार विकेट लिए । यस्तै, ललित राजवंशीले दुई तथा रिजन ढकाल, सोमपाल कामी, पवन सर्राफ र कुशल मल्लले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २२४ रन जोड्यो । नेपालका लागि कुशल भुर्तेलले ६२ रनको योगदान दिए । ५८ बल खेलेका उनले नौ चौका र एक छक्का प्रहार गरे । यस्तै, आरिफ शेखले ५० बलमा ३८, सोमपाल कामीले २३ बलमा २७, कुशल मल्लले ३२ बलमा २०, पवन सर्राफले ३४ बलमा १५, भिम सार्कीले २६ बलमा १७ रन जोड्दा सुर्य तामाङ १० रनमा अविजित रहे ।

बलिङतर्फ क्यानडाका उदय भगवानले ३, साद बिन जफर र इश्वरजोत सोहीले २–२ विकेट लिँदा शाहिद अहमदजाई र हर्ष ठाकेरले १–१ विकेट लिए ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्याडनासँग पहिलो पटक एकदिवसीय औपचारिक खेल खेल्न लागेको हो । साथै, आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप नेपालले क्यानडासँग खेल्न लागेको हो ।

क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को सुरुवात गर्दैछ । त्यसका लागि क्यानडा नेपाल आएको हो ।

नेपालले अब दोस्रो खेल शनिबार र तेस्रो तथा अन्तिम खेल आगामी सोमबार खेल्नेछ ।