३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १०७ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित कति ?



अ+ अ-

काठमाडौं । बिहीवार देशभर १०७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गराउँदा १०७ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार  बिहीबार थप ७८ जना डिस्चार्ज भएसंगै कोरोना जित्नेको संख्या २ लाख ७० हजार ६८६ पुगेको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९८.६ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने ७९५ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको मन्त्रालयले जनाएको छ। 

यस्तै अहिले ५७ जना क्वारेन्टिन र ७९५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।