२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सुशासनको पक्षमा गरेको कामलाई राजनीतिक रङ नदिउँ: सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले गरेको कामलाई राजनीतिक रङ दिनु नहुने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सरकारले सुशासन, समृद्धि र समाजिक न्यायको पक्षमा पहलकदमी बढाएको बताउनुभएको हो ।

उहाँले सरकारको यस पहलकदमीका लागि संसदको खबरदारी र सहयोग आवश्यक रहेको पनि बताउनु भयो । उहाँले सरकारको कदममा कुनै राजनीतिक रङ नभर्न आग्रह समेत गर्नुभयो । सांसद शर्माले प्रधानमन्त्रीले नयाँ ढंगले काम गर्न चाहेको उल्लेख गर्दै यसको निम्ति राज्यसंयन्त्र र संरचनाहरुको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताउनु भयो । उहाँले कानूनअनुसार कारबाही भइरहेको विषयलाई राजनीतिकरण गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा जुन पहल अगाडी बढाइरहेको छ । त्यो पहललाई तिब्र बनाउनका लागि यस संसदको खबरदारी, यस संसदको सहयोग र साथ आवश्यक भएको मैले ठानेको छु । यसलाई हामीले कुनै राजनीतिक रङ दिएर होइन । सुशासनको, भ्रष्टाचारको राजनीतिक रङ नभएर सुशासन स्थापना गर्नका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट मद्दत पुर्‍याउन जरुरी छ भन्ने मलाई लाग्दछ ।’

‘प्रधानमन्त्रीले आत्मसमिक्षासहित नयाँ ढंगले काम गर्ने घोषणा गर्नुभएको छ, ति घोषित नीतिहरु कार्यान्वयनका लागि समग्र राज्यसंयन्त्रको, संरचनाको, नेतृत्वको, हामी सबैको कार्यशैलीमा परिवर्तनको आवश्यकता छ । इमान्दारिताको आवश्यकता छ । र मात्रै हामी सुशासन कायम गर्नसक्छौँ र नयाँ ढंगले काम अगाडी बढ्न सक्छ । घोषणा अनुसारको कामहरु अगाडी बढ्नेछन् भन्ने विश्वास व्यक्त गर्न चाहान्छु । हरेक क्षेत्रमा कानुनलाई स्थापित गर्ने, कानूनको पालना गर्ने, गलत प्रवृत्तिलाई कारबाही भइरहेको सन्दर्भमा राजनीतिकरण नगर्ने हाम्रो प्रवृत्तिमा सुधार ल्याउनुपर्ने आवश्यकता छ ।’

उहाँले चालु अधिवेशनमा धेरैभन्दा धेरै कानुन निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।