२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमै चेल्सीले खायो चार



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले हार ब्यहोरेको छ । गएराति भएको खेलमा चेल्सी वल्भ्ससँग आफ्नै घरेलु मैदानमा २–४ ले स्तब्ध बनेको हो ।

वल्भ्सलाई जित दिलाउन म्याथुस कुन्हाले ह्याट्रिक गरे । एक गोल भने उसले उपहारस्वरुप पायो । खेलको १९ औं मिनेटमा कोल पाल्मेरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२२ औं मिनेटमा कुन्हाले गोल गर्दै वल्भ्सलाई १–१ गोलको बराबरीमा ल्याए । ४३ औं मिनेटमा चेल्सीका एक्सेल डिसासीले आत्मघाती गोल गरेपछि वल्भ्स २–१ ले अघि बढ्यो ।

यस्तै, ६३ औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थपेका कुन्हाले ८२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे । ८६ औं मिनेटमा चेल्सीका थियागो सिल्भाले गोल गरेपनि टोलीको हार टार्न सकेनन् र चेल्सी ४–२ गोलले पराजित भयो ।

यो नतिजासँगै वल्भ्स २३ खेलबाट ३२ अंकका साथ तालिकाको १० औं स्थानमा रहँदा चेल्सी ३१ अंकका साथ ११ औं स्थानमा छ ।