११ असार २०८३, बिहीबार
,
Latest
‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल हुँदै



अ+ अ-

फोटो- एन्फा

काठमाडौँ । आज नेपाल र मरिससबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । खेल बेलुका पौने ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । नेपाली राष्ट्रिय टोलीले पहिलो पटक अफ्रिकी देश मरिसससँग दुईवटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा १–० ले जित निकालेको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ । शनिबार भएको खेलमा नेपालका विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । नेपालले दोस्रो खेलका लागि छुट्टै टोली मैदानमा उतार्दैछ । पहिलो खेलमा रहेको १५ जना खेलाडीसहित अन्य ८ खेलाडी सहभागी हुनेछन् । यद्यपि आजको खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दुई खेलाडी परिवर्तन गरेका छन् ।

उनले डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको ठाउँमा मनिष डाँगी र दर्शन गुरुङलाई राखेका छन् । मरिससले पनि यो खेलमा जित निकाल्दै फर्कने योजना बनाएको छ । कोरोना सङ्क्रमणका कारण पहिलो खेलमा मरिससका मुख्य चार खेलाडीले खेल्न पाएका थिएनन् । आज उनीहरुले खेल्ने छन् । मरिससका प्रशिक्षक टोनी मारिएले चार खेलाडी खेल्दा टिम थप बलियो हुने बताएका छन् । फिफा वरीयतामा नेपाल १६९ र मरिसस १७२औँ स्थानमा छ । लगातार दोस्रो जित निकाल्न सके फिफा वरीयतामा नेपालको स्थान सुधार हुने अपेक्षा गरिएको छ ।