१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीका सवारीसाधन सम्बन्धित सवारी धनीलाई हस्तान्तरण



अ+ अ-

काठमाडौँ । चोरी भएर नियन्त्रणमा लिएका सवारी साधन ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गर्न थालेको छ ।

पछिल्लो समय सवारी साधन चोरी हुने क्रम बढिरहेको समयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सम्बन्धित सवारी साधन धनीलाई हस्तान्तरण गर्न लागको हो ।

चोरी भएका सवारी नियन्त्रणका लागि ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले भिएसयु शाखा स्थापना गरी नियन्त्रणमा लिएर पहिचान खुलेको सवारीहरु सवारी धनीलाई हस्तान्तरण गर्न थालेको छ । गत पुस १९ गतेबाट भिएसयु शाखा स्थापना गरे चोरीका सवारी नियन्त्रणमा लिने अभियान शुरु गरेको थियो ।

उक्त अभियान शुरु भएदेखि नियन्त्रणमा लिएका १० मोटर साइकल र २ चार पाङ्ग्रेमध्ये ५ वटा सवारी धनी पहिचान भएका मोटरसाईकल सवारी धनीलाई हस्तान्तरण गरिएको ट्राफिक व्यवस्थापन कार्यालय इटहरका प्रहरी उपरीक्षक सरोज पौडेलले बताउनु भयो । उहाँले दर्ता नभएका सवारीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेर पहिचान खुलेकाहरु सम्बन्धित सवारी धनीलाई वुझाउन शुरु गरिएको बताउनु भयो । उहाँले दर्ता नगरी सञ्चालन गरिएको सवारी पुन: दर्ता गरेर चलाउन चाहे सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिने नभएर राजश्व कार्यालयलाई वुझाइने बताउनु भयो ।

सवारी चोरीका घटनाहरु बढी रहेको समयमा सुनसरी, मोरङ र झापा जिल्लामा भिएसयु अन्तर्गत एक/एक जना र कोशी प्रदेशभर २ जना गरी सवारी खोज तलासका लागि ५ जना परिचालन गरिएको थियो । ट्राफिकले चोरीका तथा दर्ता नगरेर चलाएका सवारीहरु विशेष सुराकीका आधारमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ । —न्युज एजेन्सी नेपाल

 

 




भर्खरै