१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली

कोशीको परिणाम अप्रत्याशित छ, गम्भीर रुपमा छलफल हुन्छ: सत्ता गठबन्धन

कोशीको परिणाम अप्रत्याशित छ, गम्भीर रुपमा छलफल हुन्छ: सत्ता गठबन्धन
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित रहेको बताएको छ ।

मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निस्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको बताउनु भयो ।

उहाँले कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको बताउनु भयो । उहाँले कोशीमा अप्रत्याशित नतिजा आएको र सो विषयमा प्रारम्भिक छलफल भएको बताउनु भयो । उहाँले उम्मेदवार पराजयको विषयले गठबन्धनमा फरक नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभाको निर्वाचन पश्चात गठबन्धन दलका नेताहरुको बैठक बस्यो । राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको छ । विश्लेषण भएको छ । कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको छ । अरु प्रदेशको बारेमा पनि छलफल भएको छ । कोशीमा अप्रत्याशित रिजल्ट आएको छ । यो गम्भीर छ । यसका बारेमा प्रारम्भिक छलफल भएको छ । गठबन्धन एकमुष्ठ छ, एकीकृत छ । गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन । परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले छलफल गर्नुपर्छ ।’

प्रमुख सचेतक लेखकले कोशीको परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले छलफल हुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल