५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

छोरा र छोरी दुबै सन्तान समान हुन् भन्ने दृष्टिकोणलाई आत्मसात गरेमात्र विभेदको अन्त्य हुन्छ – राष्ट्रपति विद्यादेवी भण्डारी

छोरा र छोरी दुबै सन्तान समान हुन् भन्ने दृष्टिकोणलाई आत्मसात गरेमात्र विभेदको अन्त्य हुन्छ – राष्ट्रपति  विद्यादेवी भण्डारी
अ+ अ-

 काठमाडौ ।  राष्ट्रपति  विद्यादेवी भण्डारीले   आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन नसक्ने बताउनु  भएको छ ।   १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे  राष्ट्रपति भण्डारीले परिवार र समाजमा छोरा र छोरी दुबै सन्तान समान हुन् भन्ने दृष्टिकोणलाई आत्मसात गर्दै अघि बढेको अवस्थामा नै वास्तवमा महिला समानता कायम हुने बताउनु भयो ।

 कार्यक्रममा राष्ट्रपति भण्डारीले  तेजाब आक्रमण विरुद्ध साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई नेपाल सरकार सहित अन्तर्राष्ट्रिय संघ संस्थाले सम्मान गरेकोमा खुशी व्यक्त गर्दै बधाई दिन दिनुभयो । उहाले भन्नुभयो  हिंसामुक्त निर्माण गर्ने उहाँको अभियानको निरन्तरताको लागि शुभकामना व्यक्त गर्दछु ।राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठ 

विश्वभरका महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउने गरिएको छ ।

कोभिड–१९ को महामारीको यस विषम परिस्थितिका बीच पनि यस बर्ष हाम्रो देशमा “महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने राष्ट्रिय संकल्पका साथ मनाउन लागिएको १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा म सम्पूर्ण दिदी बहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । साथै दाजुभाईहरुलाई पनि धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।

महिला हक अधिकार स्थापित गर्न तथा महिला हिंसा न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रयासहरु भएका छन् । हाम्रो देशमा संवैधानिक तथा कानूनी प्रावधान एवं नीति तथा कार्यक्रमहरू समेत राम्रोसँग निर्माण भएका छन् । यी प्रावधानहरुको प्रभावकारी कार्यान्वयन हुँदै जाँदा महिला समानता कायम गर्न तथा विभेदको अन्त्य गर्न महत्वपूर्ण योगदान पुग्ने नै छ । यसका लागि राज्यका कार्यान्वयन गर्ने अङ्ग तथा निकायहरु सिर्जनात्मक रूपमा थप क्रियाशील हुनुपर्ने मैले आवश्यकता महसुस गरेको छु ।  

लैङ्गिक समानताका लागि हालसम्मका प्रयासहरूले महिलाको राजनीतिक तथा प्रशासनिक प्रतिनिधित्व उल्लेखनीय रूपमा बढिरहेको छ । शिक्षा, स्वास्थ्य, सम्पत्तिमाथिको स्वामित्व तथा श्रम सहभागितामा सकारात्मक परिवर्तन भएका छन् । आर्थिक समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन सक्दैन । 
यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवाद उन्मूख अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकतामा पनि जोड दिन चाहन्छु । जनसंख्याको आधा–आधा हिस्सामा रहेको महिला र पुरुष दुवै यस महान् कार्यमा संलग्न हुनु पर्दछ भन्ने मलाई लाग्दछ ।  मुलुकले हासिल गरेका हालसम्मका उपलब्धिहरूलाई रक्षा गर्दै लैङ्गिक उत्तरदायी शासन पद्धतिलाई स्थानीय तहदेखि नै संस्थागत गरी अगाडि बढेमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्न सकिने कुरामा म विश्वस्त छु ।
सरकारले लैङ्गिक विभेदको अवस्थालाई अन्त्य गर्ने उद्देश्यका साथ राष्ट्रिय लैङ्गिक समानता नीति–२०७७  जारी गरेकोमा म खुशी व्यक्त गर्न चाहन्छु र यसका लागि नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु । वर्तमान संसद र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु लैङ्गिक मैत्री छन् ।

यो नीतिको कार्यान्वयनबाट बालिका, किशोरी तथा महिलाप्रति हुने सबै किसिमका विभेद र हिंसाको न्यूनीकरण हुने अपेक्षा गरेको छु । परिवार र समाजमा छोरा र छोरी दुबै सन्तान समान हुन् भन्ने दृष्टिकोणलाई आत्मसात गर्दै अघि बढेको अवस्थामा नै वास्तवमा महिला समानता कायम हुने ठानेको छु । यसबाट महिलाप्रति हुने हिंसा र विभेद न्यूनीकरण हुँदै अन्ततः सिङ्गो समाज नै समतामूलक र सभ्य हुने भएकाले सम्बद्ध सबै पक्षले संवेदनशील बन्नु पर्दछ ।

तेजाब आक्रमण विरुद्ध साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई नेपाल सरकार सहित अन्तर्राष्ट्रिय संघ संस्थाले सम्मान गरेकोमा खुशी व्यक्त गर्दै बधाई दिन चाहन्छु । 
साथै हिंसामुक्त निर्माण गर्ने उहाँको अभियानको निरन्तरताको लागि शुभकामना व्यक्त गर्दछु । अन्त्यमा, यस दिवसले सामाजिक संरचना र सोचमा परिवर्तन गर्दै महिलाको सुरक्षा, सम्मान  र लैङ्गिक समानतायुक्त समाज निर्माणमा अग्रसर रहन सबैलाई प्रेरणा मिलोस् भन्ने  शुभकामना व्यक्त गर्दछु । धन्यवाद । २०७७ साल फागुन २४ गते सोमबार ।