२१ असार २०८३, आईतवार
,
Latest
सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिड पीडित मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)अवार्ड



अ+ अ-

काठमाडौ । एसिड आक्रमणमा परेकी किशोरी मुस्कान खातुन अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) अवार्ड बाट सम्मानित हुनु  भएको छ ।  अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले एक भर्चुअल कार्यक्रमका बिच उक्त पुरस्कार मुस्कान लगायतका विजेताहरूलाई प्रदान  गर्नुभयो ।

 तेजाब आक्रमणको अन्त्यका लागि मुस्कानले गरेको  निरन्तर कार्यका लागि यो अवार्ड प्रदान गरिएको जनाईएको छ । हाल १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ। यो तहको अबार्ड पाउने खातुन पहिलो नेपाली हुनहुन्छ ।

  वीरगन्ज महानगरपालिका–११, श्रीपुरकी खातुनलाई २०६६ भदौ २० गते बिहान बिद्यालय जादै गर्दा  दुई किशोरले एसिड प्रहार गरेका थिए । एसिडबाट  खातुनको अनुहार, छाती, हातखुट्टा लगायत अंगहरु जलेका थियो   । लामो  समय सम्म  कीर्तिपुर अस्पताल लगायत स्थानमा उनको उपचार भएको थियो ।  बिरगंञ्ज छप्कैयास्थित मामाको घरमा बसेर अध्ययन गर्दै गरेकी मुस्कानमाथि विद्यालय जाँदै गर्दा एसिड आक्रमण भएको थियो ।




भर्खरै