१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली

अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री प्रचण्ड

अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री प्रचण्ड
अ अ+ अ-

वीरगञ्ज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ ।

वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालकोे २० औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।”

आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखि नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने विश्वास दिलाउनुभयो ।

नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउँदै प्रधानमन्त्री प्रचण्डले अब नयाँ तवरले सरकार अगाडि बढ्ने बताउनुभयो ।

पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले केही सिमित मात्रामा अत्यन्त आवश्यक मात्र नयाँ योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताउनुभयो ।

सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध ससक्त कदम चालेको भन्दै उहाँले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

विचार निर्माण र संश्लेषण गर्ने कार्यमा प्रेस सेन्टरको महत्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले सरकारले गरेका काम र पार्टीको अभियानलाई जनतासमक्ष पुर्‍याउने कार्यमा लाग्न निर्देशन दिनुभयो ।

यसबीचमा आफुले विश्वका धेरै नेता र बुद्धिजिवीका माझमा नेपालको पहिचान र गरीमा बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “राष्ट्रसंघको महासभा र असंलग्न आन्दोलनसम्म आइपुग्दा नेपालको पहिचान धेरै माथि पुगेको छ भन्ने कुरा विश्वका नेताले महसुस गरेको पाएको छु ।”

सूचना प्रविधिको क्षेत्रमा विश्वले राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तर सामाजिक सञ्जालमा भने नकारात्मकताको प्रसार भैरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । परिवर्तनलाई बदनाम गर्ने प्रबृत्ति बढिरहेको छ । त्यसको प्रतिवाद गर्न प्रेस सेन्टर लाग्नुपर्छ । त्यसका लागि अझै महनेत गरेर अगाडि बढ्नुहुनेछ भन्ने मेरो अपेक्षा छ ।’