९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र

जनताका गुनासा सुन्दै महामन्त्री थापा

जनताका गुनासा सुन्दै महामन्त्री थापा
अ अ+ अ-

बेलबारी । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि सुरु भएको छ । स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने र जनताबाट आएका सुझावलाई त्यहीँ कार्यान्वयनका लागि पहलकदमी लिने भन्दै कांग्रेसले शनिबारदेखि यो अभियान सुरु गरेको हो ।

मोरङको पुरानो सदरमुकाम रङ्गेली नगरपालिका हुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा नेतृत्वको टोली जहदाको राम चोक, कटाहरी हुँदै विराटनगर आइपुगेको हो । शनिबार झापाबाट अभियानको सुरुआतका क्रममा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सांसद प्रदीप पौडेल पनि सहभागी रहनुभएको थियो ।

उक्त अभियानमा आज नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुली लगायतको सहभागिका रहेको छ । यो अभियानबाट पार्टीको आसन्न महासमिति बैठकलगायत पार्टीको नीतिनिर्माणका क्रममा नीतिगत मार्गदर्शन प्राप्त हुने बताइएको छ । यस अभियानमा औपचारिक आसन ग्रहण र मन्तव्यलगायत कार्यक्रमहरू छैनन् भने सुरुमै पार्टीको वर्तमान अवस्था र अब गर्नुपर्ने कामका लागि सुझाव माग गरिएको छ ।

आजको मोरङको कार्यक्रममा पनि महामन्त्री थापाले सबै कार्यकर्ता तथा स्थानीय नेताहरुलाई पार्टीका लागि आवश्यक सुझाव दिन र आफ्ना समस्या र गुनासाहरु खुलेरै राख्न आग्रह गर्नुभएको थियो । उहाँले अब पार्टीलाई समुदायस्तरमा नभएर प्रत्येक नेपालीका घरघरसम्म पुर्याउने अभियान सञ्चालन गर्न सबैसँग आग्रह गर्नुभएको थियो ।

यस अभियानमा खटिएका नेताहरुले बोल्नेभन्दा पनि स्थानीयका गुनासा सुन्ने कार्यक्रम रहेको नेपाली कांग्रेसका महासमिति सदस्य सुयर्माराज राईले बताउनुभयो । यो अभियान निकै प्रभावकारी रहेको पनि राईले दाबी गर्नुभयो ।

केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै छ हजार सात सय ४३ वटै वडामा प्रतिनिधि खटिने र अभियान माघ २६ गतेसम्म सञ्चालन हुने जनाइएको छ । रासस