काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ ।
हिजो (मंगलबार) प्रतितोला रु ८५ हजार ६ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज रु ६ सयले बढेर प्रतिातोला रु ८६ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै तेजावी सुन भने प्रतितोला र ८५ हजार ७ सय ५० मा कारोबार भएको छ । यता चाँदीको मुल्य भने प्रतितोला रु १२७० कायम भएको महासङ्घले जनाएको छ ।








