२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर्स कप पुरुष क्रिकेट पुलिस क्लब फाइनलमा



अ+ अ-

काठमाडौं । मेयर्स–११ माथि १ सय ३ रनले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले ३१ ओभर २ बलमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाउँदा कृष्ण कार्कीले १९ रन, सिद्दान्त लोहनीले १८ रन जोडे । काठमाडौंका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न पुलिसका पवन सर्राफले ४ विकेट लिए । प्लेयर अफ दि म्याच बनेका उनले मात्र १६ रन खर्चिए । यस्तै दिपेन्द्र सिंह ऐरीले ३ तथा ललित राजवंशीले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनाएको थियो । पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए । ५५ बलमा उनले ४ चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा पवन सर्राफले २८ रन बनाए । दिपेन्द्र सिंह ऐरी २४ रनमा आउट हुँदा सुनिल धमला २२ तथा दिलिप नाथ १२ रनमा आउट भए ।

काठमाडौंका लागि कप्तान सन्दीप लामिछाने, हरिशंकर साह र विपिन खत्रीले ३र३ विकेट लिए । प्रतियोगितामा पुलिसको यो तेस्रो जित हो । जितसँगै पुलिसले ४ खेलमा ६ अंक जोड्दै फाइनलमा पुगेको हो । पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । दोस्रो खेलमा एपीएफसँग पराजित पुलिसले तेस्रो खेलमा आर्मीलाई हराएको थियो ।

यता काठमाडौंको यो दोस्रो हार हो । काठमाडौंले ३ खेलमा २ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको काठमाडौंको पनि फाइनल पुग्ने सम्भावना रहेको छ । पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो ।