२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिसको लगातार पाँचौँ जित, मधेश ६ विकेटले पराजित



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामाविभागीय टोली नेपाल पुलिस क्लबले लगातार पाँचौँ जित हात पारेको छ ।

मधेश प्रदेशलाई ६ विकेटले हराउदै पुलिसले शिर्षस्थान कायमै गरेको हो । हालसम्म सात खेल खेलेको मधेशको भने यो तेस्रो हार हो ।

मधेशले दिएको ९८ रनको लक्ष्य पछ्याएको पुलिस १८.३ ओभरमा चार विकेट गुमाएर पुरा गर्यो । पुलिसका लागि सुनिल धमलाले २८ रन बनाए । कुशल भुर्तेलले १९ रन थप्दा अर्जुन साउद ७ र दिलीप नाथले ४ रन बनाए । अतिरिक्त रूपमा १० रन पाएको पुलिसका अमित श्रेष्ठ १५ र आरिफ शेख १६ रनमा अविजित रहे ।

मधेश प्रदेशको लागि रञ्जित कुमार र अरनिको यादवले दुई–दुई विकेट लिए ।

त्यसअघि काठमाडौँको मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले २४ ओभरमा अलआउट हुदै ९६ रन बनाएको थियो । मधेशका ओपनर ब्याट्सम्यान हरिशंकर शाहले २२ रन बनाए । अरनिको यादवले २३ र अभिषेक तिवारीले अविजित ११ रन बनाउदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिस क्लबको लागि सागर ढकाल एक्लैले पाँच विकेट लिए । ललित राजवंशीले चार विकेट लिदा राशिद खानले एक विकेट लिए ।

 




भर्खरै