२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: कोशी एक सय २३ रनमा अलआउट, शेर मल्लले लिए पाँच विकेट



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सुदुरपश्चिमलाई एक सय २४ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशी ३२ ओभरमा एक सय २३ रन बनाउदै अलआउट भयो । कोशीको लागि तेस्रो नम्बरमा क्रिज समाल्न आएका मिनास थापाले सर्वाधिक २६ रन बनाए ।

कोशीका अंकित सुवेदी २२, कमल खत्री १८, फिरदोष अन्सारी १३, सोनु अन्सारी ९, सुभन गहतराज ५, समिर कार्की ४ र सुजन थपलियो ३ रन बनाएर आउट भए । कोशी प्रदेशले अतिरिक्त रुपमा पनि १६ रन पायो ।

कोशीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका शेर मल्लले पाँच विकेट लिँ दाविकास अग्रीले चार विकेट हात पारे ।

कोशी ७ खेलमा सबै खेल हार्दै अंकबिहिन हुँदै तालिकाको पुछारमा रहेको छ । सुदुर भने ४ खेलमा ३ जित सहित ६ अंकसहित पाचौं स्थानमा छ ।