२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा रुसी मिसाइल आक्रमण: ५ जनाको मृत्यु, ४० घाइते



फाईल फोटो
अ+ अ-

एजेन्सी । युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका आन्तरिकमन्त्री इहोर क्लाइमेन्कोले बताउनुभएको छ ।

पूर्वी शहर खार्किभमा तीन जनाको मृत्यु भएको थियो । जहाँ मिसाइलले दुईवटा अपार्टमेन्ट भवनमा प्रहार गरेको थियो । मध्य युक्रेनको पाभ्लोहराद शहरमा एक जनाको र किभमा अर्का एक जनाको मृत्यु भएको थियो । कीभमा १८ जना घाइते भएका छन् । जसमा १३ जना अस्पतालमा भर्ना भएका छन् ।

युक्रेनी वायुसेनाले रुसले आक्रमणमा १५ क्रुज मिसाइल र १२ ब्यालिस्टिक मिसाइलसहित ४१ मिसाइल प्रयोग गरेको बताएको छ । एयर डिफेन्सले सबै क्रूज मिसाइल, पाँच ब्यालेस्टिक मिसाइल र एउटा गाईडेड एभिएसन मिसाइल खसालेको बताएको छ । हवाई आक्रमणले युक्रेनमा रुसले एक महिनाभन्दा कम अवधिमा चौथो ठूलो हमला गरेको छ ।