५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

पार्टीहरु बैठकमा व्यस्त, माधव नेपाल पक्षको भेलाले ओली समूहमा आशंका

पार्टीहरु बैठकमा व्यस्त, माधव नेपाल पक्षको भेलाले ओली समूहमा आशंका
अ+ अ-

सर्वाेच्च अदालतले नेकपा नाम खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्रको हैसियतमा पुर्याएपछि अहिले तत्कालीन रुपमा नेकपा एमालेमा रहेका नेताहरु प्राय सबै सो दलमा फर्किएका छन् । 

‘नेकपा’ मा रहेका बखत प्रधानमन्त्री केपी ओलीसँग असहमति राखिरहेका वरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनाल पनि उनीहरुका आफ्नो समूहका सबै जना नेतासहित एमालेमा फर्किएका छन् । 

उता माओवादी केन्दै बनिसक्दा पनि तत्कालीन रुपमा माओवादी केन्द्रमा रहेका रामबहादुर थापा, लेखराज भट्ट र टोपबहादुर रायमाझी भने एमालेमै रहने बताइसकेका छन् । तर उनीहरुको सांसद पद के हुने भन्ने बहस भर्खरै शुरु भएको छ र लाग्छ त्यसले पनि कुनै स्वरुप लिइनै हाल्ने छ । अहिले नै यहाँ भने यो विषयको प्रसंग उठाउन खोजेको होइन ।

 तर यहाँ अहिले नेकपा एमाले भएपछि सो दलमा फर्र्किएका एमालेभित्रका पनि नेपाल पक्ष भनेर चिनिने नेताहरुको आगामी दिनको स्टाटस् के होला भन्ने विषय अहिले सो दलभित्र र एमाओवादी भित्र पनि बडो चर्चामा रहेको देखिएको छ । 

सर्वाेच्च अदालतले संसदको पुनस्र्थापना गर्नुअघि र त्यसपछि पनि नेपाल पक्ष प्रचण्डको साथमा थिए । उनीहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका विरुद्धमा मोर्चाबन्दी नै गरेका थिए । 
त्यतिमात्र होइन उनीहरुले ओलीलाई नेकपाको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निष्कासन गर्ने सम्मको निर्णयमा पुगेका थिए । 

उता ओलीले पनि पार्टीका नेताहरुलाई एकपछि अर्काे गरेर कारबाही गरेका थिए । उनले आफ्ना कट्टर आलोचक मानिएका भिम रावललाई पार्टीको सुदूरपश्चिम ब्युरो प्रमुखबाट निष्कासन गरेका थिए । 
तर अहिले एमालेमै फर्र्किएपछिको अवस्था भने भिन्न हुने देखिएको छ । माधव नेपाल र झलनाथहरु एमालेमै फिर्ता भएपछि पार्टी अध्यक्षसँग उनीहरुको सम्वाद भएको छैन । नत यस विषयमा नेता ओलीले नै उहाँहरुको पुनरागमनका विषयमा कुनै सार्वजनिक प्रतिक्रिया नै दिनुभएको छ । 

तर यसैबीचमा उता यसअघि पनि ओलीका विरुद्धमा गुट र समूहकै भेला गर्ने गरेको होटलमा नै माधव नेपाल पक्षले भेला नै गरेको छ । हिजो बुधबार भेला गरेको सो समूहले एमालेको एकता ओलीको व्यवहारमा भरपर्ने भनेर आफूहरुमाथि कर्के नजर भयो भने राम्रो हुदैन भन्ने संकेत स्पष्ट रुपमा गरेको छ । 

हिजो आफ्नो पक्षका नेताहरुको भेला गरेको सार्वजनिक अभिव्यक्ति नै दिएको सो समूहका नेताहरुले आज भने यदि ओलीले आफूहरुमाथि कुनै असमान व्यवहार गर्यो भने त्यसका विरुद्धमा आफूहरुले लिखित विरोध नै जनाउने प्रतिक्रिया पनि आजै सार्वजनिक गरेका छन् । 

यी दुई अभिव्यक्ति पार्टी एक भएका संकेत त होइनन् नै बरु यसले ओलीलाई धम्क्याउन चाहिँ खोजेकै हो । यदि हामीहरुमाथि विगतको जस्तो व्यवहार भयो भने त्यो ठिक हुनेछैन भन्ने सन्देश उनीहरुले मिडियामार्फत् पठाएका छन् । 

उनीहरुको यो अभिव्यक्तिले ओलीलाई पनि विगतको जस्तो आफ्ना विरुद्धको गठबन्धन गरिरहेकाहरुबाट सन्देश आएको ओली समूहको बुझाइ छ । 

ओली समूहले अबका दिनमा पनि हिजोको विरोधको पुनरावृत्ति हुने आशंका बढाएको छ । साथै यसले प्रचण्ड पक्षका नेताहरु माओवादी केन्द्रमा फर्किए पनि एमाले भित्रको आफ्ना विरुद्धको समूह सक्रिय नै रहेको देखिएको ओली समूहको बुझाई छ ।

यसअघि ओलीका विरुद्धमा भएको प्रचण्डसहितको मोर्चाबन्दीको एउटा हिस्सा सर्वाेच्चको आदेश पछि माओवादी केन्द्रमा थन्किए पनि माधव नेपाल समूहको भेला नरोकिँदा ओली पक्ष सशंकित हुनु स्वभाविकै हो । 

अर्काे कुरा अदालतको आदेशका कारण प्राविधिक कारणले नेपाल र दाहाल समूह अहिलेलाई दुई फरक पार्टीमा भए पनि भोलि ओलीको धेरै नै पेलानमा परे भने माधव नेपालले आफ्नो समूहलाई ४० प्रतिशतको वैधानिक हैसियत दिलाएर बाहिरिने आशंका बजारमा भइरहेका बेला उनीहरुको यो भेलाले भने आशंका झन थपिदिएको पाइएको छ ।