५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीमाथि गण्डकीको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ । जारी प्रधानमन्त्री कप २०२४ मा गण्डकी प्रदेशले बागमती प्रदेश माथि रोमान्चक जित हात पारेको छ । बागमतीलाई तीन विकेटले हराउदै गण्डकीले जित दर्ता गरेको हो ।

बागमतीले दिएको एक सय ९९ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले ४९औ ओभरको तीन बल बाँकी रहँदा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । गण्डकीका लागि करन पंगेनीले सर्वाधिक ७९ रन बनाए ।

खेलमा दुई ओभरमा बाँकी रहँदा ११ रन चाहिएको अवस्थामा प्रतिश जिसीको पहिलो बलमा कमल परियार आउट भए । कृश ऐरले क्रिजमा आएर पहिलो बलमा १ रन लिए । तेस्रो बलमा करन पंगेनीले चौका प्रहार गरे र त्यसपछिको दुई बलमा दुई सिंगल लिए । अन्तिम बलमा भने करन आउट हुन पुगे ।

अब अन्तिम ओभरमा गण्डकीलाई ४ रन चाहिएको थियो । इशान पाण्डेको पहिलो बलमा कृशले सिंगल लिए । दोस्रो बलमा अंकित न्यौपानेको क्याच छुटेपछि गण्डकीले दुई रन लिन सफल भयो । चार बलमा १ रन चाहिँदा अंकितले चौका प्रहार गर्दै टीमलाई जिताए । गण्डकीका समिर कंडेलले १९ , मुश्कान थापा २७ र कमल परियार २० रन बनाए ।

तेस्रो विकेटका लागि मुश्कान थापा र करन पंगेनीले ७० रनको साझेदारी गरे । मुश्कान ३६औ ओभरमा ७१ बलमा २७ रङको सुस्त इनिङ खेल्दै रन आउट भए । त्यसपछि आएका अमृत गुरुङलाई रिजन ढकालले शुन्यमा आउट गरे । कप्तान बिपिन खत्री पनि सस्तैमा रनआउट भए । कमल परियारले २३ बलमा २० रन बनाए । बागमती प्रदेशका बलर प्रतिश जीसीले दुई विकेट लिए । रिजन ढकाल, सूर्य तामाङ र विपिन आचार्यले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्यटिङ रोजेको बागमतीले ४९.१ ओभरमा अलआउट हुदै एक सय ९८ रन बनाएको थियो । बागमतीको लागि आशुतोष घिराइयाले सर्वाधिक ४४ रन बनाए । आशुतोष र इशान पाण्डेले ९० रनको सुरुवाती साझेदारी गर्दै टीमलाई राम्रमे योगफलतर्फ धकेले । इशान ४३ रनमा आउट भए । बिपिन आचार्य ३८, अशोक पौडेल ३०, सूर्य तामाङ १५ र कप्तान रित गौतम १३ रन थपे ।

गण्डकीका लागि कमल परियारले ४ विकेट लिएका थिए । बिपिन खत्रीले र अमृत गुरुङले दुई तथा सन्दिप पराजुलीले समान १ विकेट लिए ।

आजको हार सँगै बागमतीले पहिलो स्थानमा उक्लिने मौका गुमाएको छ । बागमतीको ७ खेलमा ८ अंक रहेको छ । गण्डकी ५ खेलमा २ जित सहित आठौ स्थानमा यथावत नै छ । पहिलो स्थानमा ४ खेलमा ८ अंकसहित नेपाल पुलिस क्लब रहेको छ ।