• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएकोप्रति प्रधानमन्त्रीसँग माधव नेपाल रुष्ट



काठमाडौँ । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

अध्यक्ष नेपालले संसद र संसदीय समितिले पटक पटक स्थलगत अवलोकन समेत गरेर अघि बढाउन भनिएको सो अन्तर्राष्ट्रिय विमानस्थलको काम अझै पनि अघि नबढाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग गुनासो गर्नुभएको हो । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालले पनि आफूसँग सो विमानस्थलको शिलान्यास गर्ने भनि आफैँले गरेको प्रतिवद्धता हालसम्म पनि कार्यान्वयनमा नआएको बताउनु भयो ।

देउवा र दाहालले काम अघि बढाउने वचन दिएपनि लागू नगरेकोमा आक्रोश व्यक्त गर्दै अध्यक्ष नेपालले त्यसलाई छिटो अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । मंगलवार संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले निजगढ विमानस्थललाई अघि नबढाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी ओलीले काम आवश्यक नै नभएको भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काम गरेको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘धेरै पहिलेदेखि निजगढ विमानस्थलको कुरा उठिरहेको थियो । तर हामी बनाउन पुग्छौं भैरहवामा । बनाउन पुग्छौं पोखरामा । अव त्यहाँ प्लेन पठाएर खर्च जोहो गर्ने सोचिरहेका छौ हामी । ती विमानस्थलहरु अहिले बनाउनुपर्ने बेला भएकै थिएन । अर्थात अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बेला भएको थिएन । अब अहिले निजगढमा बनाउनु हुन्न भन्ने कुराहरु आएका छन । अहिले भन्दा पहिलेका प्रधानमन्त्रीले शिलान्यास गर्ने भनिएको थियो, भएन । अहिले आउनु भएका प्रधानमन्त्रीले पनि आउने बित्तिकै गर्ने भन्नुभएको थियो, त्यो पनि भएन । त्यसो हुनाले म त्यो कुरामा फेरि पनि ध्यानाकर्षण गराउन चाहन्छु । यो समितिले धेरै पटक छलफल गरेर, फिल्ड भिजिट गरेर निकालेको निष्कर्ष हो त्यो । यस कुरामा म फेरि पनि जोड दिन चाहन्छु ।’

अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यासको काममा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिनुभयो । —न्युज एजेन्सी नेपाल