काठमाडौं । शुक्रबार सुनको मूल्य ६ सयले घटेको छ । बिहीबार तोलामा रु ८६ हजार ८ सय रुपैयामा कारोबार भएको सुनको मुल्य ६ सयले घटेर रु ८६ हजार २ सयमा कारोबार भइ्र्ररहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा रु १२७० मा कारोबार भईरहेको महासंघले जानकारी दिएको हो ।








