२५ चैत्र २०८१, सोमबार
April 7, 2025 Monday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.01

Wind: 1.03

Humidity: 56

तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपः कोशीले कर्णालीलाई दियो एक सय ५२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि एक सय ५२ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ३४.३ ओभरमा अलआउट हुँदै एक सय ५१ रन बनायो ।

कोशी प्रदेशका लागि सुजन थपलियाले अर्धशतकीय ईनिङ खेले । उनले ७३ बलमा चार छक्का र आठ चौका प्रहार गर्दै ७३ रनको योगदान दिए । आशिष भट्टराईले ११ तथा सौजन घिमिरेले १२ रन बनाउदा कोशीका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् ।

कर्णालीको लागि दिनेश अधिकारीले चार विकेट लिए । आठ ओभर बलिङ गरेका उनले एक मेडनसहित १८ रन खर्चिए । प्रकाश जैसीले तीन विकेट लिदा दिवान पुनले दुई विकेट हात पारे ।