३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

म घेराबन्दीमा परेँ : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संविधानको रक्षा गर्ने कि हत्या गर्ने बहस सुरु भएको बताएका छन् । शुक्रवार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानमा व्यवस्था भएको दलित र मधेसीका अधिकार हत्या गर्न खोजिएको समेत जिकिर गरेका हुन् ।

“यो संविधानको रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस सुरु भएको छ । यो संविधानमा दलितहरुका निम्ति जे अधिकार सुनिश्चित गरिएको छ, तीनको परिमार्जन गर्ने कि हत्या गर्ने भन्ने बहस चलेको छ,” उनले भने । 

अहिले सबै भन्दा ठुलो घेराबन्दी आफूमाथि भइरहेको भन्दै प्रचण्डले प्राप्त उपलब्धिलाई उल्टाउन आफूमाथि घेराबन्दी भएको बताए ।

प्रचण्डले अहिले देश र देश बाहिरका शक्तिहरु परिवर्तनलाई उल्टाउन लागिरहेको बताउदै संसद पुनस् स्थापना पछि पनि यो क्रम जारी रहेको बताए ।

प्रचण्डले भने, 'जन्मिसकेको बच्चालाई फेरी आमाको पेटमा पठाउने काम हिजो आज देशमा भइरहेको छ । केहि अनिष्ट हुदै छ जस्तो देखिदै छ । हेर्दै जाऊ अझै के के यस्ता घटना देख्न्नु पर्ने हो ।'