२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्याप्टेन मिलर’का निर्मातामाथि कथा चोरेको आरोप



अ+ अ-

एजेन्सी । धनुषको हालै रिलिज भएको फिल्म ‘क्याप्टेन मिलर’माथि कथा चोरेको आरोप लागेको छ । अरुण माथेश्वरन निर्देशित यो फिल्मलाई तमिल लेखक तथा अभिनेता वेला रामामूर्तिले यस्तो आरोप लगाएका हुन् ।

आफ्नो तमिल उपन्यास र कविताका लागि परिचित भेलाले ‘क्याप्टेन मिलर’ उनको उपन्यास ‘पट्टाथु यानाई’ को प्रतिलिपि भएको दाबी गरेका छन् । उनले विना अनुमति उपन्यासलाई मिलाएर फिल्म बनाएकोमा निर्माताको आलोचना गरेका छन् ।

एउटा तमिल पत्रिकासँग कुरा गर्दै वेलाले भने, ‘यो फिल्मको कथा मेरो उपन्यास ‘पट्टाथु यानाई’ मा आधारित छ । म यो चोरीको न्याय चाहन्छु । तमिल फिल्म इन्डस्ट्रीमा इमान्दारिता छैन । म यो मुद्दा तमिल सिनेमा निर्देशक संघमा लैजानेछु । मलाई आशा छ कि फिल्म निर्माता भरतिराज सरले मलाई न्याय दिनुहुनेछ ।

फिल्म ‘क्याप्टेन मिलर’ मा धनुष फरक अवतारमा देखिएका छन् । फिल्मको कथा स्वतन्त्रतापूर्वको समय हो । यो ‘क्याप्टेन मिलर’ नामक व्यक्तिको कथा हो । उनी पहिले ब्रिटिस आर्मीका सिपाही थिए तर उनले आफ्नो गाउँमा लुकेको खजाना लुट्न चाहने अंग्रेजहरूबाट आफ्ना गाउँलेहरूलाई बचाइरहेका छन् ।