२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: नरेनको शतकका बाबजुद पनि सुदुरपश्चिमको हार



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेशलाई ८० रनले हराएको छ ।

३ सय २० रनको विशाल लक्ष्य पछ्याएको सुदुरपश्चिम ४४.५ ओभरमा २ सय ३९ रन बनाएर अलआउट भयो । तेस्रो नम्बरमा आएका नरेन भट्टले शतकिय इनिङ खेलेपनि टीमले जित निकाल्न सकेन । उनले १२२ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै १२१ रन बनाए । उनले १०८ बलमा शतक पुरा गरेका थिए ।

यस्तै, नारायण जोशीले २६, किरण ठगुन्नाले २०, नरेन साउदले १८, खड्क बोहरा १४, गजेन्द्र बोहराले १२ रन बनाए । मधेशका लागि राजेश यादव र प्रदिप पासवानले समान तीन विकेट लिए । रंजित कुमारले दुई विकेट लिंदा हरिशंकर शाह र पवन सर्राफले समान एक(एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मधेश प्रदेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय १९ रन बनायो ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका मयान यादबले एक सय १५ रनको शानदार शतकिय ईनिङ खेले । उनले एक सय २८ बलमा दुई छक्का र आठ चौका हिर्काए । ओपनर अनिल शाहले ६९ र पवन सर्राफले ७० रन बनाए । यस्तै, रुपेश सिंहले २१, अभिषेक तिवारीले १६ , हरिशंकर शाहले १४ रन थपे ।

सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले सर्वाधिक चार विकेट लिए । विकाश अग्रीले दुई तथा नारायण जोशी र गजेन्द्र बोहराले एक–एक विकेट लिए ।

सुदूर ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । मधेश ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ नेटरनरेटका कारण तेस्रो स्थानमा छ । पुलिस ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा छ । बागमती ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा छ ।