काठमाडौं । झण्डै आठ अर्ब रुपैयाँ पर्ने करिब साढे दुई किलो युरेनियम काठमाडौंको बौद्धबाट नियन्त्रणमा लिइएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएअनुसार आज अपरान्ह् सो युरेनियम बौद्धबाट नियन्त्रणमा लिइएको हो ।
सो युरेनियम सहित चार जना व्यक्ति पनि प्रहरी नियन्त्रणमा लिइएको महानगरिय प्रहरी कार्यालयद्वारा जानकारी दिइएको छ ।
नेपालमा यति ठूलो परिमाणमा पहिलो पटक युरेनियम नियन्त्रणमा लिइएको हो ।